कालिका भगवती मन्दिरमा चैत्राष्टमी मेला

कालिका भगवती मन्दिरमा चैत्राष्टमी मेला
फाइल तस्बिर
सुन्नुहोस्

बागलुङ : बागलुङमा परम्परागत रूपमा हरेक वर्ष हुँदै आएको चैत्राष्टमी मेला यस वर्ष पनि हुने भएको छ।

कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको आयोजनामा चैत्राष्टमी पर्वका अवसरमा चैत १३ गतेदेखि १७ गतेसम्म मेला आयोजना गरिने भएको हो। 

कालिका भगवती मन्दिर क्षेत्रमा हरेक वर्ष लाग्दै आएको मेलालाई यस वर्ष पनि निरन्तरता दिइएको समितिका अध्यक्ष कुमार खड्काले बताए। 

पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार र परम्पराको निरन्तरता दिने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष खड्काको भनाइ छ। 

मेलाका अवसरमा लोक दोहोरी गीत प्रतियोगिता, पुरुष भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता राखिएको अध्यक्ष खड्काले बताए। प्रशिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा देशभरीका दर्शनार्थी र छिमेकी मुलुक भारतबाट पनि हजारौं दर्शनार्थी आउने गर्दछन्। 

मन्दिरमा वर्षको दुई पटक चैते दशैं र वडा दशैंमा दर्शनार्थीको भिड लाग्ने गर्दछ। चैत्राष्टमीका अवसरमा देशका विभिन्न स्थानमा उत्पादन हुने नाङ्लो, डोको, डाला, ठेका लगायतका घरेलु उत्पादनहरू बिक्री गर्नका लागि मन्दिरमा आउने गर्दछन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.