तराईका मुख्य नाकामा सशस्त्रले डीएसपी खटायो
झापा: सशस्त्र प्रहरी बल नेपालले इलाम र झापासहित तराईका मुख्य सीमा नाकाहरूमा स्थापित बोर्डर आउट पोस्ट (बिओपी)हरूमा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) खटाएको छ।
सशस्त्र प्रहरी बलले चैत ३ गतेदेखि लागू हुने गरी पूर्वको इलामदेखि पश्चिमको कञ्चनपुरसम्मको मुख्य नाकाहरू स्थापित ५० वटा बीओपीमा डीएसपी खटाएको हो। बलले डीएसपी खटाएसँगै बोर्डर आउट पोस्टको नामकरण परिवर्तन गरी सीमा सुरक्षा गुल्म बनाएको छ।
यसअघि बीओपीहरूमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) खटाइएका थिए। डीएसपी खटाएसँगै उनीहरूको क्षेत्राधिकारसमेत बढाइएको छ।
इलामको पशुपतिनगर सीमा सुरक्षा गुल्ममा डीएसपी अशोक न्यौपानेलाई खटाइएको छ।
त्यस्तै झापाको १८ वटा बीओपीमध्ये चार स्थानमा डीएसपी खटाइएको छ। सीमा सुरक्षा गुल्म काँकडभिट्टा, भद्रपुर, घेरावारी र गौरीगञ्जमा डीएसपीको दरबन्दी कायम गरिएको छ। काँकडभिट्टामा निर्मलकुमार थापा, भद्रपुरमा राजकुमार कँडेल, घेरावारीमा सुमन शर्मा र गौरीगञ्जमा अस्मिनकुमार थापालाई खटाइएको छ।
झापा जिल्लाको काँकडभिट्टा र भद्रपुर मुख्य सीमा नाका हो।
प्रतिक्रिया दिनुहोस !
६