हङकङको सिर्जना, जापानमा तयार
हङकङ: हङकङलाई कर्मथलो बनाउँदै आएका गायक तथा संगीतकार साक्थिम योङ्याले म्यूजिक भिडियो सार्वजनिक गरेका छन्।
‘पश्चिमकी रुपैली रानी, मुस्कानमै रहेछ मोहनी
रोधी बसि सोरठी नाँच्दा बस्ला कि माया पिरती’ बोलको गीतमा गायक राजेशपायल राई र द भ्वाईस अफ नेपाल सिजन ४ की फस्ट रनरअप सविना योङहाङको स्वर छ।
रोशन याक्सोको शब्द रहेको गीतलाई रेकर्डिस सुदन राईले जापान नोवा स्टुडियोमा रेकर्ड गराएका हुन्।
गाउँको मेलापात, सोरठी, रोधीमा मौलाएको प्रेम र संस्कृतीमा आधारित गीतलाई प्रकाश आङबुहाङले भिडियो निर्माण गरेका छन् । भिडियोमा प्रयाङ्स्टारकोरुपमा चर्चित एलिस राई र मोडल विमला लिम्बुको रोमान्स देख्न सकिन्छ।
ईसक जवेगुको छायाङ्कन, सम्पादन रहेको भिडियोलाई निमबाबु तामाङले कोरियोग्राफी गरेका छन्।