के ट्रम्प पक्राउ पर्दै छन् ?

के ट्रम्प पक्राउ पर्दै छन् ?
फाइल तस्बिर।
सुन्नुहोस्

७६ वर्षीय ट्रम्पमाथि अनुसन्धान चलिरहेका अरू थुप्रै मुद्दामध्ये यो एक हो।

अमेरिका (बीबीसी) : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो मंगलबार आफू पक्राउ पर्न सक्ने बताएका छन्। एक पूर्वपोर्न स्टारलाई कुरा लुकाउनका लागि पैसा दिएको आरोपमा आफू गिरफ्तार हुनसक्ने सम्भावना रहेको उनी स्वयम्ले बताए।

आफैंले बनाएको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’मा पोस्ट गर्दै ट्रम्पले आफू गिरफ्तार भइहाले प्रदर्शन गर्न समर्थकलाई आह्वानसमेत गरेका छन्। उनलाई अर्को साता अभियोग लगाइने भनी सञ्चारमाध्यममा आएका रिपोर्टका आधारमा ट्रम्पले त्यस्तो सम्भावना व्यक्त गरेको उनका एक वकिलले बताएका छन्।

उनीविरूद्ध मुद्दा दर्ता भएमा अमेरिकाका पूर्वराष्ट्रपतिविरूद्ध आपराधिक मुद्दा दर्ज भएको पहिलो घटना हुनेछ। सन् २०२४ को राष्ट्रपति निर्वाचनका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवारमा छनोट हुन् उनले थालेको अभियानलाई पनि यसले गम्भीर असर पुग्नेछ। 

ट्रम्पको तर्फबाट पूर्वपोर्न स्टार स्ट्रोमी डेनियललाई सन् २०१६ को राष्ट्रपति निर्वाचनअघि नै पैसा दिइएको सम्बन्धमा पछिल्लो पाँच वर्षदेखि न्युयोर्कका अभियोजनकर्ताहरूले अनुसन्धान गरिरहेका छन्। डेनियलले आफूलाई ट्रम्पका पूर्ववकिल मिसेल कोहनले सन् २०१६ को निर्वाचनअघि ट्रम्पसँगको सम्बन्धबारे मौन रहन भन्दै १ लाख ३० हजार अमेरिकी डलर दिएको बताएकी छन्।

ट्रम्पले भने आफूहरूबीच यौन सम्बन्ध रहेको अस्वीकार गरेका छन्। साथै राजनीतिक उद्देश्यले प्रेरित भएको भन्दै मुद्दा बेवास्ता गरेका छन्। ७६ वर्षीय ट्रम्पमाथि अनुसन्धान चलिरहेका अरू थुप्रै मुद्दामध्ये यो एक हो।  

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.