आयुर्वेद क्याम्पसमा अखिल संयुक्तका बञ्जाडे विजयी
दाङ : नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पसमा एक सदस्य बाहेक अखिल संयुक्तको प्यानल विजयी भएको छ।
अखिल संयुक्तका हेमन्त बञ्जाडेले ८३ मत प्राप्त गरी स्ववियु सभापतिमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अजयप्रताप चोबेले ६१ र नेविसंघका बसन्त अधिकारीले ४५ मत प्राप्त गरेका थिए।
१९७ मतदाता रहेको क्याम्पसमा एक सय ८९ मत खसेको थियो।