एमालेले भन्यो- प्रधानमन्त्रीलाई के आइलाग्यो र कांग्रेसतिर ढल्किनुभयो?

एमालेले भन्यो- प्रधानमन्त्रीलाई के आइलाग्यो र कांग्रेसतिर ढल्किनुभयो?
सुन्नुहोस्

काठमाडौंः नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बन्नकै लागि एमालेको सहयोग मागेको बताएका छन्। 

संसदमा बोल्दै पौडेलले एमालेलाई चाहिएको बेला प्रयोग गर्ने र नचाहिएको बेला किनारा लगाउने कोसिस भएको र त्यो राष्ट्रिय सहमतिको पक्षमा नभएको बताएका हुन्।

पौडेलले भने,‘ के त्यस्तो कारण पर्‍यो प्रधानमन्त्री बन्नका लागि एमाले चाहिने। दुई महिना पनि नपुग्दै प्रधानमन्त्रीको जिम्मेवारी पाए लगत्तै पुरानै गठबन्धनमा फर्किनुभयो।’

पौडेलले राष्ट्रिय सहमतिका लागि सिंगो राजनीतिक दलहरू एकबद्ध हुनुपर्ने र सहमतिको पक्षमा उभिनुपर्ने बताए। पौडेलले भने, ‘एमाले बिना राष्ट्रिय सहमति सम्भव हुँदैन। राष्ट्रिय सहमति भन्ने विषय होइन कार्यान्वयन गर्ने विषय हो।’ 

एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने बताए। विश्वासको मत लिने अनिश्चयको चक्रमा मुलुक फस्ने त होइन भन्ने प्रश्न गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.