वीरगन्जमा 'रात्री बजार' लगाउने तयारी

वीरगन्जमा 'रात्री बजार' लगाउने तयारी
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले पहिलो पटक 'रात्रि बजार' लगाउने तयारी गरेको छ। 

कोरोना महामारी यता थलिएको वीरगन्जमा व्यापार व्यवसायलाई पुनः चलायमान बनाउने उद्देश्यले वीरगन्जमा परीक्षणका रूपमा पहिलो पटक तीन दिनका लागि 'रात्रि बजार' लगाउने तयारी थालिएको हो। 

यही चैत ३० गते बेलुकादेखि बैशाख २ गते मध्यरातिसम्म वीरगन्जको आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्मको क्षेत्रमा 'रात्रि बजार' लगाइने महानगरका मेयर राजेशमान सिंहले जानकारी दिए।

आर्थिक नगरी भनेर वीरगन्जलाई चिनिने गरेको भए पनि कोरोना महामारी यता यहाँको व्यापार व्यवसायले पुरानै लय समात्न नसकेको अवस्थामा साँझ नपर्दै बन्द हुने गरेको छ। प्रहरीले पनि बेलुकी ९ नबज्दै होटल , रेष्टुरेण्ट लगायतका पलि बन्द गराउँदै आएको छ। 

त्यसका कारण दीर्घकालीन रूपमै 'रात्रि बजार' सन्चालन गर्ने सोच राखेर हालका लागि पहिलो पटक तीन दिनका लागि 'रात्रि बजार' लगाउन थालिएको मेयर सिंहले बताए। 

वीरगन्जको अर्थतन्त्र चलायमान बनाउन र बजार अबेरसम्म सञ्चालन हुने वातावरण बनाउन पनि परीक्षण स्वरूप नयाँ वर्षको अवसर पारेर तीन दिने 'रात्रि बजार' लगाउन जमर्को गरेको मेयर सिंहले बताए। 

उनले भने, ’व्यावसायिक रूपमा वीरगन्जको पहिचान थप बढाउन र रोजगारको अवसर प्रदान गर्ने योजनासहित रात्रि बजार लगाउन लागेका हौँ, यसले बजार चलायमान बनाउने पनि विश्वास लिएका छौँ।’ 

महानगरको आयोजनामा वीरगन्जमै पहिलो पटक हुन लागेको 'रात्रि बजार' मा विभिन्न शहरका विशेष खानाका परिकारका स्टल, लत्ताकपडा, कस्मेटिक, भाडाकुडा लगायतका सरसामानका पाउनुका साथै वीरगन्जमै पहिलो पटक तन्दुरी चायको सुरुआत गरिने पनि मेयर सिंहले जानकारी दिए। 

रात्रि बजार आयोजना गर्दै गर्दा अवसर र चुनौतीबारे सम्बन्धित निकायसँग समन्वय भइरहेको र यसबाट नयाँ सन्देशसहित सफलता प्राप्त भए लामो समय सम्म बजार लगाउन सकिने भएकाले वीरगन्जमै पहिलो पटक नयाँ अवधारणासहित लाग्ने बजारमा सहभागी भई सफल बनाउन मेयर सिंहको आग्रह छ। 

मेयर सिंहका अनुसार महानगरले रात्रि बजार सञ्चालनका लागि विभिन्न संस्थासँग सहकार्य गरेको छ। 

ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजिआर जस्ता संस्थाहरूसँगको सहकार्यमा 'रात्रि बजार' तयारीको काम अघि बढाइएको उनले बताए।

रात्रि बजारमा लगाइने स्टलहरू बुकिङको काम अहिले धमाधम भइरहेको सहआयोजकका रूपमा रहेको ग्रीन सिटीका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए। 

आदर्शनगर चोकदेखि कैलास चोक र त्यहाँबाट पुरानो बसपार्कसम्मको क्षेत्रमा करिब १ सय स्टल लगाउने गरी आवश्यक तयारी गरिएको र अहिले स्टल बुकिङको काम धमाधम भइरहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.