सुर्खेत बहुमुखी क्याम्पसमा गठबन्धनलाई हराउँदै अनेरास्ववियुको प्यानल विजयी

सुर्खेत बहुमुखी क्याम्पसमा गठबन्धनलाई हराउँदै अनेरास्ववियुको प्यानल विजयी
सुर्खेत बहुमुखी क्याम्पसमा विजयी सभापति अक्कलबहादुर सिजापती, सचिव भवानी ढकाल र कोषाध्यक्ष ललित राना ।
सुन्नुहोस्

स्ववियू निर्वाचनमा अखिल क्रान्तिकारी र नेविसंघको गठबन्धनलाई हराउँदै एमाले निकट अनेरास्वियुको प्यानल विजयी भएको छ ।

वीरेन्द्रनगर : सुर्खेत बहुमुखी क्यामपसको स्ववियू निर्वाचनमा अखिल क्रान्तिकारी र नेविसंघको गठबन्धनलाई हराउँदै अनेरास्वियुको प्यानल विजयी भएको छ । गएराती सम्पन्न मतगणनामा स्ववियू सभापतिमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका अक्कलबहादुर सिजापतीले गठबन्धनका उम्मेदवार हिक्मत शाहीलाई ४७९ को मतान्तरले पराजित गरेका हुन् ।

सिजापतिले ९६७ मत प्राप्त गरेका थिए भने सभापतिका अर्का प्रतिस्पर्धी हिक्मत शाहीले ४८८ मत प्राप्त गरेका छन् । 

त्यस्तै सचिवमा अनेरास्ववियुकै भवानी ढकाल ९०४ र कोषाध्यक्षमा ललित राना ७७० मत प्राप्त गरि विजयी भएका छन् । सदस्यहरुमा अनेरास्ववियुकै भरत शाही ८५४, राधा रिजाल ८५९, गगन आले ८८४, रोकाय ८८८, दिपेन्द्र शाही ८३०, महेन्द्र खड्का ७९३, निरा जैशी ८५० र अशोक बरालले ८६९ मत ल्याएर विजयी भएका छन् । 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.