मुस्ताङको कागबेनी श्राद्धस्थलमा भक्तजनको घुइँचो

मुस्ताङको कागबेनी श्राद्धस्थलमा भक्तजनको घुइँचो
सुन्नुहोस्

जोमसोम : मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ कागबेनी श्राद्धस्थलमा यसवर्षको चैते दशैं औँसीमा धार्मिक श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ। 

दिवंगत पितृका नाममा श्राद्ध तथा पिण्डदान गर्ने र तर्पण दिनका लागि देशका ७७ वटै जिल्लाबाट धार्मिक तिर्थालु हिमाली जिल्ला मुस्ताङ ओइरिएका हुन्।

मुक्तिनाथ क्षेत्र र दामोदरकुण्ड धार्मिकस्थलबाट बहने कालिगण्डकी नदीको संगमस्थल कागबेनीधाम दिवंगत पितृ उद्धारका लागि महत्वपूर्ण प्रसिद्ध धार्मिक स्थलका रूपमा लिइने गरिन्छ। कालिगण्डकी र मुक्ति गण्डकी मिश्रण भएको स्थानलाई कालिगण्डकी नाम दिइएको हो।

मुस्ताङमा चैतै दशै औशी र बडादशै औसी तिथि मुस्ताङको कागबेनीधाममा श्रद्धालु भक्तजनहरूको भीडभाड हुने गर्छ। यहाँ बर्सेनि हजारौ भक्तजनले दिवंगत पितृको नाम श्राद्ध र तर्पण दिने गर्छन्। 

परापूर्वकालमा काग भुसेण्डे ऋषिले मनाङको तिलिचोमा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरूको नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड आदि दिने चलनको सुरुआत भएको हिन्दू शास्त्रमा उल्लेख छ।

परापूर्व कालमा कागबेनी धाम आसपास ठुलो सरोवर थियो। त्यही सरोवरमा एकदिन दुईवटा कागहरू कुण्डमा खसेर मरे। कुण्डमा खसेर मरेका दुई वटा कागहरू तत्काल चमत्कारिक रूपमा हंसको रूपमा हाँस भई प्रकट भएकाले कागबेनीधामलाई हंस तिर्थ समेत भन्ने गरिएको हो।

भगवानको दैवी शक्ति प्रकट भएकाले यस स्थानमा आएर पितृको नाममा श्राद्ध ,पिण्ड र तर्पण दिनाले पितृ उद्धार हुने धार्मिक किवंदन्ती रहेको पर्वतकी भक्तजन यशोदा आचार्यले बताइन्। 

ठुला नदीको संगम स्थललाई बेनी भनिन्छ। कागबाट हंस रूप धारण गरेकाले यस स्थानलाई कागबेनी भनिएको हो। कागबेनीमा पितृको नाममा श्राद्ध तथा पिण्ड दिनाले मोक्ष प्राप्ती हुने र पितृ उद्धार हुने हिन्दु शास्त्रहरूमा उल्लेख छ। कागबेनी धाममा श्राद्ध गर्न आउने तिर्थालुहरू यहाँ पितृ उद्धारका विभिन्न कर्म गरेपछि मात्र मुक्तिनाथ दर्शन गर्न जान्छन्। 

मुस्ताङको कागबेनीमा श्राद्ध गर्न हजारौको सख्यामा धार्मिक तिर्थालु मुस्ताङ आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलन विकले जानकारी दिए। 

मुस्ताङ जिल्ला धार्मिक तथा पर्यटकीय जिल्ला भएकाले राज्य निकायहरूले यसको समन्नत विकासमा अझै ध्यान दिन आवश्यक रहेको त्रिभुवन विश्वविद्यालय उपप्राध्यापक चिरञ्जिवी देवकोटाले बताए। 

उनले मुस्ताङ जिल्ला धार्मिक पर्यटक मात्र नभई विभिन्न खोज अनुसन्धान र अन्वेषणको केन्द्र भएकाले यसतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्ने उल्लेख गरे।

जिल्ला ट्राफिक कार्यालय मुस्ताङले औसीको अघिल्लो दिनबाट बस र जीप गरी करिव ३५ सय सवारी साधन मुस्ताङ भित्रिएको बताएको छ। कार्यालयका अनुसार औशी नुहाउन झन्डै २५ हजार धार्मिक भक्तजनहरू कागबेनी आएको उल्लेख गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.