कालिञ्चोकमा हिमपात

कालिञ्चोकमा हिमपात
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

दोलखा : दोलखाको कालिञ्चोक क्षेत्रमा सोमबार यो वर्षको तेस्रो पटक हिमपात भएको छ। सोमबार रातिबाट सुरू भएको हिमपात मंगलबार बिहान ८ बजेसम्म निरन्तर रहेको स्थानीयले बताए । 

लामोसमय हिमपात भएका कारण कालिञ्चोकको कुरी आसपास एक फिटभन्दा बढी हिँउ रहेको होटल सुनपातीका सञ्चालक हरि ओलीले बताए । 

यो वर्ष पहिलो पटक गत फागुन १३ गते हिमपात भएको थियो । दोस्रो पटक चैत्र ४ गते हिमपात भएको कालिञ्चोक कुरीका स्थानीय होटल व्यवसायीले बताए । 

तीन हजार आठ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोकमा हरेक वर्ष पुसदेखि फागुन चैत्रसम्म हिमपात हुने गरेको थियो । यो वर्ष भने फागुन दोस्रो हप्ताबाट मात्र हिमपात सुरू भएको हो । राति हिमपात भएपछि पर्यटकहरू चिसोको पर्वाह नगरी हिउँसँग रमाएको स्थानीय होटल व्यवसायीहरूले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.