म्याग्दी कपको उपाधि पश्चिम दरवाङलाई

म्याग्दी कपको उपाधि पश्चिम दरवाङलाई
सुन्नुहोस्

बेनी : बेनीमा मंगलबार सम्पन्न म्याग्दी कप आमन्त्रित जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि पश्चिम दरवाङ युवा क्लबले जितेको छ। 

जिल्ला फुटबल संघ म्याग्दी र म्याग्दी कप २०७९ व्यवस्थापन समितिले आयोजना गरेको प्रतियोगिताको फाइनलमा कालीपुल युनाइटेडलाई पराजित गर्दै पश्चिम दरवाङ विजयी भएको हो। 

निर्धारित समयमा एक–एकको बराबरीमा रोकिएको खेलको थप भएको २० मिनेटमा दुवै पक्षबाट गोल नभएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टी सुटआउटमा ५ का विरुद्ध ६ गोल गर्दै पश्चिम म्याग्दी विजयी भएको हो। 

कालिपुल यूनाइटेडका खेलाडीले प्रहार गरेको पाँचौ तथा निर्णायक पेनाल्टी पश्चिम म्याग्दीका गोलरक्षक सजिन किसानले रोक्नु कालिपुल यूनाइटेडका लागि दूर्भाग्य बन्यो। भीषण वर्षा र खेलाडी बीचको विवादका कारण खेल केहीबेर रोकिएको थियो। 

फाइनल खेलमा कालिपुल यूनाइटेडका एक खेलाडीले रेडकार्ड पाएपछि खेल अवधिमै बाहिरिए भने दुवै समूहका गरी ५ खेलाडीले पहेँलो कार्डको सामना गर्नु परेको थियो। 

खेलाडीको विवाद र प्रतिकुल मौषमले खेल निकै तनावपूर्ण भएको थियो। सात दिनसम्म लिग प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा उत्साही समूह, विकु फ्यामिली, कालीपुल युनाइटेड, एभरग्रिन, दोभान, वौद्ध, मनसुन, अर्थुङ्गे युनाइटेड, रिभरसाइड, जनप्रिय भूपु र पश्चिम दरवाङ युवा क्लबले सहभागिता जनाएका थिए। 

विजेताले एक लाख २० हजार र उपविजेताले ७० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका आयोजक समितिका संयोजक बिक्रम सुवेदीले जानकारी दिए। 

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी पश्चिम म्याग्दीका राजन पुन मगर घोषित भए भने सर्वाधिक गोलकर्ता कालिपुल युनाइटेडका बिनम थजाली भए। 

थजालीले ८ गोल प्रहार गरेका थिए। प्रतियोगितामा गोलकर्तामा कालीपुल युनाइटेडका सन्दिप क्षेत्री, उदयमान खेलाडी सनम विक, अनुशासित टिममा जनप्रिय युवा क्लब दरबाङलाई सम्मान गरिएको थियो। 

अनुशासित क्लब र उत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५०० रुपैयाँ र ट्रफी, उत्कृष्ट युवा खेलाडीलाई ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.