सम्पन्न हुन लागेको पुल अलपत्र छाडेर ठेकेदार बेपत्ता

सम्पन्न हुन लागेको पुल अलपत्र छाडेर ठेकेदार बेपत्ता
सुन्नुहोस्

जोमसोम : नेपाल-चीनबीचको सीमाक्षेत्र कोरलानाका र उपल्लो मुस्ताङ जोड्ने राष्ट्रिय गौरवको कागबेनी पक्की पुल अन्तिम चरण रहँदा निर्माण कम्पनीका प्रतिनिधि ठेकेदार विगत ३ वर्षदेखि बेपत्ता भएका छन्।

 
मुक्तिनाथबाट बग्ने वारागुङ मुक्ति क्षेत्र-४ कागबेनी खोलामा निर्माणधिन पक्की ठेक्का सम्झौता भएको करिव ७ वर्ष बितिसक्दा अझै सम्पन्न हुन सकेको छैन। यो पुलको काम जोमसोम-कोरला राष्ट्रिय राजमार्गको आयोजना सुरु भएको एक वर्षअघि ठेक्का सम्झौता गरिएको थियो। पुलको ठेक्का २०७३ साल असार ३० गते डिभिजन सडक कार्यालय बाग्लुङले २ करोड ८८ लाख ५१ हजारमा लगाएको हो। यसको ठीक एक वर्षपछि जोमसोम-कोरला सडक स्तरोन्नतिकार्य सुरु गरिएको थियो। आयोजना सुरु भएपछि डिभिजन सडक कार्यालय यो पुल गौरवको सडकलाई हस्तान्तरण गरेको थियो।

कागबेनी खोलामा निर्माणधिन पक्की पुल जम्मा २५ मिटर लम्बाई र रेलिङ र फुटपाथसहित ११ मिटर चौडा गर्ने गरी गाल्वा एण्ड रफिना जेभीले ठेक्का सम्झौता गरेको हो। पुलको उत्तर-दक्षिण दुईवटा र्‍याफ फान्डेसन ढलान र एक स्पान रहेको छ। यी सबै काम पुरा गरी निर्माण कम्पनीले पुल माथि आरसीसी स्लाब ढलान समेत गरिसकेको छ। तर,विगत ३ वर्षदेखि अन्तिम चरणमा रहेको पुलको काम छाडेर गल्फा एण्ड रफिनाका प्रतिनिधि ठेकेदार रविन जोशी सम्पर्क विहीनजस्तै छन्। पुलको सुरुवाती ठेक्का सम्झौता १८ महिना तोकिएको भएपनि पुलको म्याद पटक-पटक थप हुँदै आईरहेको थियो।

कागबेनी पुलको भौतिक प्रगती ९० प्रतिशत रहेको पुलको दुबैतर्फ २०औ२० मिटरको एप्रोज रोड विस्तार र रेलिङ हाल्ने लगायतको काम बाँकी रहेको आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए । उनले आयोजनाको तर्फबाट निर्माण कम्पनीका प्रतिनिधिलाई पटकऔपटक काममा फर्किन ध्यानआर्कषण गरा एपनि काममा नफर्किएको बताए। 

‘एक महिना अघि आयोजनाको तर्फबाट म र वारागुङ गापाका अध्यक्ष रिङझिङ नाम्गेलले काठमान्डौंमा भेटेका थियौं, आयोजना प्रमुख प्रजापतीले भने, ‘काम गर्ने गर्ने भन्ने आश्वासन दिएको थियो,तर उ अझै काम गर्ने उपयुक्त समय भएपनि काममा फर्किएको छैन।’ 

उनले भेटमा गाल्वाका प्रतिनिधि ठेकेदार रविन जोशीले स्थानीय स्तरमा आफ्नो व्यक्तिगत समस्या परेकाले काम गर्न नसकेको बताएको आयोजना प्रमुख प्रजापतीले उल्लेख गरे।

सरकारले सार्वजनिक खरिद नियमावली ऐन बाह्रौ शंसोधन बमोजिम यही असार मशान्तसम्म निर्माणाधीन काम सम्पन्न गर्न समयसीमा तोकेको छ ।यद्यपी मुस्ताङमा धमाधम विकास निर्माणको कामले तिब्रता पाउँदा कागबेनी पुल अधकल्चो अवस्थामा रहेको स्थानीयको भनाइ छ।

कागबेनी पुल निर्माण कम्पनीका प्रतिनिधि ठेकेदार रविन जोशीसंग पुलको बिषयमा जानकारी लिने टेलिफोन सम्पर्क गर्ने प्रयास गरेपनि टेलिफोन सम्पर्क हुन सकेन।

चालु वर्षको पुस महिनामा भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सडक विभागले आयोजनाअन्तर्गत ढिलासुस्ती भईरहेका ७ वटा निर्माण कम्पनीलाई काममा फर्किन ७ दिने अल्टिमेटम दिएको थियो। तर,विभागले दिएको अल्टिमेटमको समेत बेवास्ता गर्दै निर्माण कम्पनीका प्रतिनिधि जोशी काममा फर्किएका छैनन्।

 राष्ट्रिय गौरवको निर्माणधिन कागबेनी पक्की पुल सम्पन्न नहुँदा उपल्लो मुस्ताङ जाने सवारी साधन बर्खायाममा आउजाउमा निकै समस्या हुने गर्छ। पुल निर्माण सम्पन्न भएमा यो पुल हुँदै उपल्लो मुस्ताङ जान बाह्रै महिना सहज हुने लोमान्थाङका स्थानीय टसी आङ्ग्या गुरुङले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.