सेनाको संख्या सरकारले तोक्ने हो, एनजीओ/आईएनजीओले होइन : प्रधान सेनापति शर्मा

सेनाको संख्या सरकारले तोक्ने हो, एनजीओ/आईएनजीओले होइन : प्रधान सेनापति शर्मा
तस्बिर : रासस
सुन्नुहोस्

सेनाको संख्या निर्धारण गर्ने काम नेपाल सरकारको भएको शर्माले बताए । ‘आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा नेपाल सरकारले निर्धारण गर्दछ न कि कुनै आइएनजीओ र एनजीओमा बसेर आफै स्वघोषित डाक्टर, स्वघोषित विज्ञ, सुरक्षाविज्ञ भन्नेहरूले गर्ने होइन,'उनले भने।’

पोखरा: नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले सेनाका बारेमा गरिने अनर्गल प्रचारमा नलाग्न आग्रह गरेका छन् । समय समयमा कसैको इशारामा बाहिरी व्यक्तिबाट नेपाली सेनाको संख्याका बारेमा टिप्पणी हुने गरेको उनले बताए।

पोखरामा बिहीबार भूतपूर्व सेनाका सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले सेनाको भने,‘संख्या यति हुनुपर्छ,उति हुनुपर्छ,र यस्तो साइज हुनुपर्छ,राइट साइजिङ हुनुपर्छ र अन्य नचाहिँदो नचाहिँदो किसिमका कुराहरू पनि हुने गरेको छ ।  यसलाई प्रकाशित गर्ने गरेको पनि पाइएको छ,' यो हेर्दा हाँस्यास्पद हो ।’

सेनाको संख्या निर्धारण गर्ने काम नेपाल सरकारको भएको शर्माले बताए । ‘आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा नेपाल सरकारले निर्धारण गर्दछ न कि कुनै आइएनजीओ र एनजीओमा बसेर आफै स्वघोषित डाक्टर, स्वघोषित विज्ञ, सुरक्षाविज्ञ भन्नेहरूले गर्ने होइन,'उनले भने।’

‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नु नेपाली सेनाको संविधान प्रद्दत्त जिम्मेवारी हो,त्यसका साथै विकास निर्माण, पर्यावरण संरक्षण तथा बिशुद्ध शान्ति स्थापना र व्यवस्थापनलगायत नेपाली जनतालाई आवश्यक परेका अन्य कुराहरूमा सहयोग गर्ने जिम्मेवारीहरू साथसाथै नेपाल सरकारबाट तोकिएका विभिन्न कार्यहरू गर्नु नै हामीले आफ्नो जिम्मेवारी हो भन्ने गरेका छौं,’ उनले भने, ‘यिनै जिम्मेवारी पूरा गर्न नेपाली सेना कटिबद्ध छ ।’

नेपाली सेनाले संविधानसम्मत निर्वाह गरिरहेका जिम्मेवारीहरूका बारेमा बेला मौकामा दूष्प्रचार गर्ने नियतले अनर्गह गाली हुने गरेको उनको भनाइ छ। ‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालबाट हुने त्यस प्रकारका झुठा प्रचारबाजीहरूबाट तपाईंहरू टाढा रहनुपर्छ,’भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रा वेबसाइटहरु, सम्बन्धित विभागहरूबाट गरिएका परिपत्र,नेपाल सरकारका आदेश र निर्देशनहरूबाट नै प्रष्ट रुपमा कुरा बुझ्न सकिन्छ, अनर्गल प्रचारको पछि नलाग्नु होला ।’

भूतपूर्व सैनिक सम्मेलनमा गण्डकीका विभिन्न जिल्लाबाट नेपाल सेनाका अवकास प्राप्त सैनिक सहभागी भएका थिए । त्यस अवसरमा ज्येष्ठ नागरिक पूर्वसैनिक,परिवार, सबै सन्तान नेपाली सेनामा भर्ती गराएका अभिभावकलगायतलाई प्रधान सेनापति शर्माले सम्मान गरेका थिए ।

 विभिन्न सांस्कृतिक र सैनिक झाँकीहरू प्रदर्शन गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.