सहिद भीमदत्त पन्त स्मृति पुस्तकालय शिलान्यास

सहिद भीमदत्त पन्त स्मृति पुस्तकालय शिलान्यास
सहिद पन्त स्मृति पुस्तकालय भवन शिलान्यास गर्दै पूर्वमन्त्री बोहरा। तस्बिर : धनबहादुर भण्डारी
सुन्नुहोस्

डडेल्धुरा : किसान नेता भनेर चिनिने सहिद भीमदत्त पन्त स्मृति पुस्तकालय निर्माण गर्न उनको जन्मथलोमा शिलान्यास गरिएको छ ।  डडेल्धुरा अमरगढी नगरपालिका– २, कारिगाउँमा सहिद भीमदत्त पन्त स्मृति पुस्तकालय शिलान्यास गरिएको हो ।

२० लाख रुपैयाँ लागतमा पुस्तकालय भवनको सहिद पन्तको जन्मघर रहेको कारिगाउँमा नै शिलान्यास गरिएको हो । बुधबार नेपाली कांग्रेसका नेता एवम् सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री गोविन्दराज बोहराले पुस्तकालयको शिलान्यास गरेका हुन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले उक्त पुस्तकालयका लागि  रकम छुट्टयाइएको र भवन बनाउन शिलान्यास गरिएको वडा अध्यक्ष हेमराज पन्तले बताए  ।

सामाजिक मन्त्रालयले १५ लाख रुपैयाँ थप रहेकाले उक्त रकमले पुस्तकालय भित्र ई–लाइब्रेरी बनाउने योजना रहेको वडा अध्यक्ष पन्तले जानकारी दिए । सहिद पन्तको सम्झनामा पुस्तकालय निमार्ण गर्न लागेको उनको भनाइ छ । 

कुनै पनि क्रान्ति होस् वा आन्दोलन होस् त्यसका लागि शिक्षा जरुरी रहेको छ भन्ने शिद्धान्त सहिद पन्तको थियो । उनले भने, 'सहिद पन्तको सिद्धान्तलाई आत्मसात गर्न पुस्तकालय निर्माणको प्रक्रिया थालिएको हो । '

अन्याय सामाजिक भेदभाव सहन नसक्ने भीमदत्त पन्तले २००७ सालदेखि आन्दोलनको सुरुवात गरेको इतिहास छ ।  गरिब दलित जनजाती किसानलाई संगठित गरी राणा विरोधी आन्दोलनमा समेत भीमदत्त पन्तको ठूलो भूमिका रहृयो । आन्दोलनकै बेला उनले अमरगढी–२ कै बिरखममा संस्कृत विद्यालयको स्थापना गरेको कुरा उनको प्रकाशित जीवनीमा उल्लेख गरिएको छ । सोहि विद्यालय अहिले त्रिपुरासुन्दरी आधारभूत विद्यालयका रुपमा स्थापित भइ सञ्चालनमा छ ।

उनको जीवनी र शिक्षाप्रतिको लगावबाट समाज रुपान्तरणका लागि पुस्तकालय स्थापना गर्न लागिएको पूर्वसमाजिक विकासमन्त्री बोहराले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.