दस वर्षमा आगलागीका घटना तेब्बर, स्वयंसेवी तयार पारिँदै

दस वर्षमा आगलागीका घटना तेब्बर, स्वयंसेवी तयार पारिँदै
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगलागी, हुरी-बतास, चट्याङलगायतका अब हुने विपद्जन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी तीव्र पारेको जनाएको छ।

प्राधिकरणले आज सिंहदरबारमा पत्रकार भेटघाट कार्यक्रममा आउँदो दुई महिना आगलागी, डढेलो, हावाहुरी, चट्याङजस्ता विपद्को जोखिम बढी हुने भएकाले त्यसको पूर्वतयारीलाई तीव्र पारिएको जानकारी गराएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले आगालागी नियन्त्रणका लागि आवश्यक स्वयंसेवीहरू तयार पार्न अभ्यास जारी रहेको जानकारी दिँदै स्थानीय तह र विपद् व्यवस्थापनका क्षेत्रमा लाग्ने सरोकारवालालाई कसरी सक्षम बनाउन सकिन्छ भनेर कार्य अघि बढाइएको पनि जानकारी दिए।

छलफलका क्रममा उनले आगलागीको दर बढ्दो रहेकाले त्यसतर्फ विशेषरूपमा सचेत हुन पनि अनुरोध गरे। पछिल्लो एक हप्ता पानी परेका कारण आगलागी कम भएको तर अब पानी पर्न छाडेपछि यस्ता घटनामा बढोत्तरी हुने भन्दै उनले स्थानीय तह अझै चनाखो हुन जरुरी रहेको औँल्याए।

कार्यक्रममा आगलागी तथा डढेलोविज्ञ सुन्दर शर्माले आगलागी नियन्त्रणमा सरकारबाट पर्याप्त बजेट निकासा हुन नसकेको, दक्ष जनशक्ति एवं प्रविधि र उपकरणको अभाव रहेको औँल्याए। उनले मानवीय कारणले नेपालमा बढी आगलागी हुने गरेको जानकारी पनि दिए। 

नेपालमा पर्याप्त दमकल नभएकाले अब स्थानीय तहले पनि खरिद गर्न सक्ने फायरपम्पको अवधारणा ल्याउन जरुरी रहेको औँल्याए। आजै सिंहदरबारमा फायरपम्पको अभ्यास गरेरसमेत देखाइएको थियो। यसले एक किलोमिटर टाढासम्म बिछ्याएर लैजान सकिने भएकाले साँघुरा स्थानमा समेत फायरपम्प उपयुक्त भएको बताए।

त्यस्तै हवाई फायर फाइटरको पनि आवश्यकता रहेको बताउँदै उनले त्यसलाई ल्याउन नसके ‘बकेट’मात्रै किन्न पाए पनि सेनाको वा निजी हेलिकोप्टरमार्फत् ठूला आगलागी नियन्त्रणमा सहयोग पुग्ने बताए।

कार्यक्रममा प्राधिकरणकी सहसचिव अनिता निरौलाले स्वयंसेवक ब्यूरोअन्तर्गत विपद् व्यवस्थापनका लागि चाहिने आवश्यक स्वयंसेवीहरू स्वस्फूर्तरूपमा फारम भरेर सहभागी हुनसक्ने बताए। त्यसका लागि उनीहरूले प्राधिकरणको साइटमार्फत् लगइन लिएर तोकिएको विवरण भर्नुपर्ने उनले बताए। अहिले नमूना अभ्यासका लागि रेडक्रसका एक लाख जनशक्तिलाई त्यसमा जोडिएको पनि उनले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.