को हूँ म ?
के हूँ म ? के होइन म ? कुन वस्तुमा छैन म ? कुन तत्त्व होइन म ? म जस्तो छु ऐले, उस्तै न रहनेछु म बादल हूँ, हावाको झोक्कामै बहन्छु म
थोपाथोपा पानी हूँ म
सरसर हावाको झोक्का हूँ म
के हूँ म ? के होइन म ?
कुन वस्तुमा छैन म ?
कुन तत्त्व होइन म ?
म जस्तो छु ऐले, उस्तै न रहनेछु म
बादल हूँ, हावाको झोक्कामै बहन्छु म
मलाई त्यो चाहिँदैन
जो मसँग हुनेछ, तर सँगै हुनेछैन
मलाई त्यो न चाहिन्छ
हावा, पानी र माटोमै जो पाइन्छ
म घाट हूँ
जलिरहने काठ हूँ
बग्ने पानी हूँ
पग्लेर नसकिने बरफदानी हूँ
म आकाश हूँ, मै हूँ धर्ती
क्षितिज न हूँ, एक अनन्त: शून्य
हूँ म क्यै ? तर, छैन क्यै
‘छ’ भनेर बाँच्नुमा पनि, रहेन क्यै
मसँग ‘छ’, एउटा मन
जो आफैंलाई पाउन आफैं छचल्किन्छ
मसँग ‘छ’, एउटा मुटु
जो जिउँदो ‘छु’ भन्न आफंै ढुक्ढुकिन्छ
एकजोर आँखाले, त्यतिमात्र म देख्छु
मनले न हो, सारा सबथोक देख्छु
दृश्यरस आखिरी, आँखै पिलाउँछ ?
पिउने मकर्ता, जो आफैं बिलाउँछ