एकाकार हुँदै नेपाल-भारतका थारु समुदाय

एकाकार हुँदै नेपाल-भारतका थारु समुदाय
सुन्नुहोस्

गुलरिया : अन्तर्राष्ट्रिय महासभाको पहिलो थारु सम्मेलनले नेपाल तथा भारतमा छरिएर रहेका थारु समुदायको सांस्कृतिक, भाषिक एवम् आर्थिक समृद्धि संरक्षणार्थ गोलबद्ध हुने निर्णय गर्दै घोषणा पत्र जारी गरेको छ। 

बर्दियाको ठाकुरबाबा नगरपालिका भुरिगाउँमा आयोजित सम्मेलनले उक्त निर्णय गरेको हो। चैत्र ४–५ गते सम्पन्न प्रथम अन्तर्राष्ट्रिय थारु सम्मेलनले विधान मस्यौदा, सामाजिक सांस्कृतिक एवम् जनसम्पर्क, राजनीतिक परिषद समिति एवम् थारु अध्ययन अनुसन्धान केन्द्र तथा थारु रेजिमेन्ट स्थापना गर्ने सर्वसम्मत निर्णयहरू ठाकुरबाबा घोषणापत्र मार्फत सार्वजनिक गरेको छ।

नेपाल–भारत दुई देशमा बसोवास गर्दै आएका थारु जातिको सामाजिक, सांस्कृतिक, भाषिक एवम् आर्थिक उन्नति लगायत जनजीवनमा प्रतिकुल प्रभाव ल्याउन सक्ने समस्याहरू कुटनैतिक माध्यमबाट समाधान गर्न अन्तर्राष्ट्रिय थारु महासभालाई संस्थागत गर्नुपर्ने आवश्यकता रहेको अन्तर्राष्ट्रिय थारु सम्मेलन नेपाल संयोजक तथा महासभाका संगठन मन्त्री श्रवण थारुले बताए। 

महासभालाई संस्थागत गर्न विधान आवश्यक पर्ने भएकाले आर्थिक, सामाजिक, राजनीतिक एवम् सांस्कृतिक सहकार्य मार्फत निर्देशित विधान मस्यौदा समिति बनाएको उनले बताए। 

मस्यौदा समितिमा गोविन्द चौधरी, नवलपरासी नेपाल, (पूर्व शिक्षा राज्य मन्त्री), गोपाल सिंह राणा (विधायक उत्तराखण्ड भारत), डाक्टर उमाशंकर प्रसाद चौधरी, सुरेन्द्र चौधरी (दांग), विनोद चौधरी उत्तर प्रदेश भारत, विजय बहादुर चौधरी, उत्तराखण्ड भारत र योगन्द्र काजी भारत बिहारबाट सम्मिलित छन्। 

सांस्कृतिक एवम जनसम्पर्क समितिमा नेपालबाट श्रवण थारु, रामकुमार चौधरी, रामकृष्ण चौधरी, प्रभा चौधरी र कोशिला कुमारी चौधरी छन्। 

राजनीतिक परिषद एवम् समितिमा भारतबाट विजय बहादुर चौधरी, गोपाल सिंह राणा र दिपनारायण प्रसाद चौधरी तथा नेपालबाट सुरेन्द्र चौधरी, गोविन्द चौधरी, लक्ष्मण थारु र श्रवण थारु रहेका छन्।

दुवै देशका थारु जातिको राजनैतिक कुटनिटिक सम्बन्ध मजवुत बनाउन राजनैतिक परिषण बनाउने सहमति भएको उनले जानकारी दिए। 

थारु जातिका विषयमा अध्ययन एवम् अनुसन्धान गर्न आवश्यक ठहर गर्दै अनुसन्धान केन्द्र बनाउने सहमति भएको छ। 

अध्ययन अनुसन्धानका लागि डाक्टर कृष्णराज सर्वहारी, चन्द्र नारायण थारु र महेश चौधरी लगायतका दुई देशका थारु बुद्धिजीवि, समाजशास्त्री, इतिहासकार एवम् पुरातत्वविदहरू सम्मिलित समिति गठन गरिएको छ। 

नेपाल सरकार र भारत सरकारसँगको कुटनीतिक पहल मार्फत थारु रेजिमेन्ट स्थापना गर्ने महासभाले निर्णय गरेको छ। नेपाल–भारतमा छरिएर रहेका थारु जातिहरू बीच सम्बन्ध स्थापित गर्दै कालान्तरमा विश्वभर फैलिएका थारुहरूलाई एकीकृत गर्ने महासभाको लक्ष्य छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.