सांसद पद रद्द भएपछि राहुल गान्धीले भने- लोकतन्त्रका निम्ति निरन्तर लड्छु

सांसद पद रद्द भएपछि राहुल गान्धीले भने- लोकतन्त्रका निम्ति निरन्तर लड्छु
सुन्नुहोस्

नयाँ दिल्ली : भारतका प्रतिपक्षी दलका नेता राहुल गान्धीले लोकतन्त्रका निम्ति निरन्तर लडिरहने बताएका छन्। देशको लोकतन्त्रको रक्षाका लागि त्यो अपरिहार्य भएको उनले बताए। 

उनले संसद् सदस्य हुनु र नुहुनुमा कुनै अन्तर नभएको उल्लेख गर्दै वेथितिविरुद्धको आफ्नो संघर्ष जारी रहने बताए। प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख व्यापारिक सहयोगीमाथि आफूले छानबिनको माग गरेपछि घुमाउरो पाराले आफूलाई संसद्‍बाट निष्काशन गरिएको उनले आरोप लगाए।

उनले सुरत अदालतको निर्णयबाट आफू विचलित नभएको बताए। आफू जस्तोसुकै धम्कीबाट नझुक्ने र नडराउने बताउँदै उनले प्रधानमन्त्री र व्यापारी गौतम अडानीबीचको सम्बन्धबारे प्रश्न गर्न कहिल्यै पछि नपर्ने बताए। उनीहरूको सम्बन्धको छानबिन हुनैपर्ने उनले दोहोर्‍याए।

सन् २०१९ मा कर्नाटक राज्यको कोलारमा आयोजित चुनावी सभामा नेता गान्धीले ‘चोर मोदीहरू’ भन्दै अभिव्यक्ति दिएका थिए। उनले भगौडा व्यापारी नीरब मोदी र ललित मोदीलाई लक्ष्य गर्दै त्यसो बताएका थए। 

गान्धीको उक्त अभिव्यक्तिले मोदी थर भएका सबैको मानहानी भएको जिकिर गर्दै भारतीय जनता पार्टी (भाजपा)का विधायक एवम् गुजरात राज्यका पूर्वमन्त्री पूर्णेश मोदीले उनीविरुद्ध मुद्दा दायर गरेका थिए।

गत शनिबार अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको भोलिपल्ट उनको संसद्‍ सदस्य पद रद्द गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.