कभर्ड हल हस्तान्तरणमा संघका पदाधिकारी नै बेखबर

कभर्ड हल हस्तान्तरणमा संघका पदाधिकारी नै बेखबर
सुन्नुहोस्

गौशाला (महोत्तरी) : गौशालामा निर्मित बहुउद्देशीय सामुदायिक भवन हस्तान्तरणका सम्बन्धमा गौशाला उद्योग वाणिज्य संघका प्रतिनिधिहरू नै बेखबर भएका छन्। 

शनिबार आफ्नै संस्थालाई कभर्ड हल हस्तान्तरण गर्न लागेको सम्बन्धमा गौशाला उद्योग वाणिज्य संघका पदाधिकारीहरूलाई कुनै किसिमको औपचारिक जानकारी नै नभएको पाइएको छ।

संस्थालाई कभर्ड हल हस्तान्तरण सम्बन्धमा आफूलाई कुनै किसिमको जानकारी नभएको संघका सचिव रमेश कुमार यादवले बताए। 

उनले भने, ‘आफू सचिव भएपनि भवन हस्तान्तरणको सम्बन्धमा औपचारिक रूपमा जानकारी छैन। बजारमा चौतर्फी हल्ला छ। यसबीचमा संस्थाका पदाधिकारीबीच कुनै किसिमको सरसल्लाह भएकै छैन। अध्यक्षज्युले मनोमानी ढंगले यो कार्य गर्न आँटेको हो। एक वर्षभित्रमा कुनै किसिमको बैठक बस्न सकेको छैन।’ 

गौशाला उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य लालबाबु साहका अनुसार उद्योग वाणिज्य संघ कागजी रूपमा अवैधानिक भइसकेको छ। उनले भने, ‘२ वर्षको कार्यकाल असहमतिकै भरमा ४ वर्ष बित्न लाग्यो। यसबीचमा न त साधारणसभाको कुनै प्रयास भयो। न त एक वर्षदेखि कुनै किसिमको बैठक नै बस्यो। संस्थाले गत दुई वर्षदेखि साधारणसभा गर्न नसकेको छैन भने पदाधिकारीको म्याद पनि २ वर्ष अगाडि नै गुज्रिसकेको छ।’ 

कार्यक्रम सम्पन्न गर्न चन्दा असुली 

गौशाला उद्योग वाणिज्य संघलाई कभर्ड हल हस्तान्तरणका लागि एक भव्य कार्यक्रमको आयोजना गरिदैछ। दिउँसो १ बजे औपचारिक रूपमा आयोजना हुने सो कार्यक्रमलाई सफल बनाउनका लागि गौशाला उद्योग वाणिज्य संघका पदाधिकारीहरू बजारमा चन्दा संकलनमा व्यस्त रहेको पाइएको छ।

उद्योग वाणिज्य संघका पदाधिकारीहरूले विना कुनै रसिद काटि पैसा उठाउँदै आएको स्थानीय व्यापारी सतिश साहले बताए। व्यापारी साहले भने, ‘आफूले ५ सय रुपैयाँ दिँदा संघका प्रतिनिधिले ठाडै अस्वीकार गरेका थिए। उनीहरू एक हजारभन्दा माथि रकमका दरले विना रसिदकै रकम असुल्दै आएको छ।’ 

संस्थाले खर्चको बन्दोबस्तका लागि संघको पदाधिकारीको बैठकबाट अनुमोदन गर्नुपर्नेमा गौशाला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजाराम गिरीले बताए। उनले भने, ‘संस्थाले आपसी रूपमा बैठक बसेर यस्ता औपचारिक कार्यक्रमको आयोजना गर्नुपर्छ। यसरी मनोमानी ढंगले कार्यक्रम गर्दा पछाडि अप्ठयारो पर्न सक्छ। 

नगरपालिका कानुनी उपचार खोजिनेछ : मेयर डा. महतो

गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोले अब नगरपालिकाको कार्यालय संस्था आफ्नो मातहतमा ल्याउनका लागि कानुनी रूपमा उपचार खोजिने जानकारी दिएका छन्। 

उनले भने, ‘कभर्ड हल पूर्ण रूपमा निर्माण भएको औपचारिक खबर नगरपालिकालाई कुनै किसिमको जानकारी छैन। बिना सोधपुछ गरी हस्तान्तरण गरिनु नगरपालिकाको कार्यालयलाई कुनै हालतमा मान्य हुदैन्। गुठीको जग्गा ३० वर्षे लिजमा लिएर नगरपालिकाले सो भवन निर्माणका लागि अनुमति दिएका थिए। तर नगरपालिकालाई नसोधिकन प्रदेश सभा सदस्यज्यूले एकाएक किन गौशाला उद्योग वाणिज्य संघजस्ता गैरसरकारी संस्थालाई हस्तान्तरण गरिन खोजिएको हो यस विषयमा आफू अनविज्ञ छु।’

करिब पौने ३ करोडको लागतमा निर्मित अत्याधुनिक पूर्वाधार सहितको कभर्ड हल शनिबार एक समारोहका बीच हस्तान्तरण गर्न लागिएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.