स्वास्थ्य संस्थामा बच्चा जन्माउनेलाई कुखुराको भाले उपहार

स्वास्थ्य संस्थामा बच्चा जन्माउनेलाई कुखुराको भाले उपहार
मंगला गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारी सुत्केरीलाई भाले दिँदै। सन्तोष गौतम
सुन्नुहोस्

तोकिएको मितिमा आठपटक गर्भ र सुत्केरी परीक्षण गर्दा हरेकपटक एक–एक क्रेट अन्डा र संस्थागत प्रसूति हुनेलाई एक कुखुराको भाले दिने गरिएको हो । संस्थागत सुत्केरी हुनेलाई सङ्घीय सरकारले यातायात खर्चवापत दुई हजार र गर्भपरीक्षण गर्नेलाई थप आठ सय उपलब्ध गराउने गरेको छ ।

 बेनी : म्याग्दीको मंगला गाउँपालिकाले सुत्केरीलाई भाले उपहार दिन थालेको छ। संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रममार्फत भाले उपहार दिन थालेको हो। गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लेखनाथ रोकाले बच्चा र आमाको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति हुनेलाई कुखुराको भाले उपहार दिन थालिएको बताए। 

‘गर्भ र सुत्केरी परीक्षण गराई बच्चा र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन सुत्केरीलाई भेट्न जनप्रतिनिधि र स्वास्थ्यकर्मी भाले लिएर घरमै जाने गरेका छौं,’ उनले भने, ‘घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भपरीक्षण नगराउने समस्या हटाउन गाउँपालिकाले उपहारसहित विभिन्न सन्देशमूलक अभियान सञ्चालन गरेको हो।’ 

तोकिएको मितिमा ८ पटक गर्भ र सुत्केरी परीक्षण गर्दा हरेकपटक एक÷एक क्रेट अन्डा र संस्थागत प्रसूति हुनेलाई एउटा कुखुराको भाले दिने गरिएको हो। संस्थागत सुत्केरी हुनेलाई संघीय सरकारले यातायात खर्चबापत दुई हजार रुपैयाँ र गर्भपरीक्षण गर्नेलाई ८ सय रुपैयाँ उपलब्ध गराउने गरेको छ। अन्डा र भाले गाउँपालिकाको बजेटबाट उपलब्ध गराइएको हो।

पाँचवटा वडा रहेको मंगलामा वार्षिक ७०÷८० जनाको अनुपातमा संस्थागत सुत्केरी हुने गरेका छन्। कुहुँ, अर्मन र बरंजा स्वास्थ्यचौकीमा प्रसूति सेवा उपलब्ध छ। नियमित गर्भ र सुत्केरी परिक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज हुने स्वास्थ्यकर्मीले बताएका छन्। 

चालू आर्थिक वर्ष २०७९÷८० मा संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमका लागि पाँच लाख रुपैयाँ बजेट बिनियोजन भएको छ। कार्यक्रमबाट गर्भवती र सुत्केरीको खानपान, सरसफाइ र स्याहार सुधारमा जागरण आएको गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारीले बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.