राष्ट्रपति रामचन्द्र पौडेल गोरखामा, गोरखकाली र गोरखनाथको गरे दर्शन
गोरखा : राष्ट्रपति रामचन्द्र पौडेल गोरखा आइपुगेका छन्। आइतबार बिहान १० बजेतिर सेनाको हेलिकोप्टरबाट गोखरा आइपुगेका राष्ट्रपति पौडेलले प्रसिद्ध धार्मिक स्थल गोरखकाली र गोरखनाथ मन्दिरको दर्शन गरेका छन्।
मन्दिरमा पूजाआजा पछि राष्ट्रपति पौडेलले गोरखा दरबारको अवलोकन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि राष्ट्रपतिले गोरखा संग्राहालयमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पहिलो पटक राजधानीबाहिर भ्रमणमा निस्केका हुन्। पौडेलको साथमा उनकी श्रीमती ,गोरखा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बजगाइँलगायत सहभागी छन्।