कर्णालीमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न पशुपति-पञ्चकोसी तीर्थयात्रा

कर्णालीमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न पशुपति-पञ्चकोसी तीर्थयात्रा
सुन्नुहोस्

वीरेन्द्रनगर  : कर्णालीमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न पशुपतिनाथदेखि पञ्चकोशी तीर्थयात्रा गरिएको छ। 

काठमाडौंको पशुपतिनाथ मन्दिरदेखि दैलेखको पञ्चकोशी तीर्थस्थलसम्मको तीर्थयात्राका विषयमा आइतबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा सांसद धनश्याम भण्डारीले पशुपतिनाथदेखि पञ्चकोशी तीर्थयात्राले कर्णालीमा धार्मिक पर्यटनको ढोका खुलेको बताए। 

उनले भने, 'दैलेखको पञ्चकोशी धार्मिक तथा ऐतिहासिक हिसाबले निकै महत्व बोकेको छ। यो गुमनाम अवस्थामा छ। दैलेखको पञ्चकोशी नाच परम्पराको उद्‍गमस्थल हो। पौराणिक पुरातत्व बोकेको प्रसिद्ध धाम हो। अन्य कुमारी केटी पुजारी बनाउँछन्। दैलेखमा कुमार केटा पुजारी हुन्छ। जुन स्थानीय भाषामा देउकेटा भन्छन्। दैलेख पञ्चकोशी गुमनाम भएकै कारण प्रायः धार्मिक पर्यटकहरू पशुपतिनाथ, देवघाट, लुम्बिनी, बागेश्वरी भएर फर्किने गरिरहेका छन्। ती पर्यटकहरूलाई हामीले कर्णालीमा भित्र्याउन सुर्खेतको काँक्रे बिहार र दैलेख पञ्चकोशी ल्याउने लक्ष्य हो।' 

उनले पुराणमा पनि दैलेख पञ्चकोशी उल्लेख रहेकाले यसको महत्व बुझाउन धेरै समय खर्चिनु नपर्ने दाबी गरे। उनले भने, 'दैलेख पञ्चकोशी पहिलो धार्मिक मुक्ति र पृतिमोक्षका लागि निकै महत्वपूर्ण छ। भारतको कुमागडुबालमा बच्चा जन्मदा गाउने मागलमा दैलेख पञ्चकोशी ज्वालाको मागल गाइन्छ। यसले पनि पञ्चकोशीको महत्व बढाएको छ।' 

दैलेखका अर्का प्रदेश सांसद पूर्णबहादुर खत्रीले सांसद धनश्याम भण्डारी र पत्रकार भरतबन्दु थापाले सुरुवात गरेको यो तीर्थयात्राले कर्णालीमा पर्यटन क्षेत्रको बिकासको ढोका खुलेको बताए। उनले भने, 'यो सामान्य रूपमा तीर्थयात्राका रूपमा मात्र बुझ्न मिल्दैन। यसले कर्णालीको समृद्धिको अभियानमा ठुलो सहयोग पुग्नेछ। यो अभियानलाई सबैको सहयोगले प्रभावकारी बनाउनु आवश्यक छ। कर्णालीमा धार्मिक ऐतिहासिक तथा रमणीय पर्यटकीय स्थलहरूमा पर्यटक भित्र्याउनका लागि यस्ता अभियानहरू आवश्यक छन्। यी पर्यटकीय स्थलको व्यवस्थापनमा प्रदेशमा हामीले पनि पहल लिनेछौँ। नीति निर्माण र विकास निर्माणका लागि हामी साथमा छौँ।' 

दैलेखको दुल्लु नगरपालिका प्रमुख भरत रिजालले दुल्लु नगरपालिकामा रहेको पञ्चकोशी ज्वाला मुलुककै सम्पति रहेको बताउँदै यसको प्रवर्द्धनका लागि अभियन्ता धनश्याम भण्डारी र भरतबन्धु थापा सहितको टोलीलाई नगरपालिकाले पनि साथ दिने बताए। 

उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले कर्णालीका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचारमा सबैको सक्रियता आवश्यक रहेको बताए। 

मनघरी फाउण्डेशनको आयोजनामा सुरु भएको दैलेखको पञ्चकोशी तीर्थयात्रालाई कर्णालीका सबै तीर्थस्थलसँग जोड्नुपर्ने बताए। अध्यक्ष शाहीले भने, 'हामीसँग यस्ता धेरै महत्व बोकेका धार्मिक तथा पर्यटकीय स्थलहरू छन्। तर यहाँका बाटो, बिजुली, बासस्थान जस्ता सुविधाहरू नहुँदा पर्यटकहरू आकर्षित बन्न सकिरहेका छैनन्। अर्को प्रचारप्रसारको पनि कमी छ। अब उद्योग वाणिज्य संघ कर्णाली प्रदेशले केही समय पछि भारतमा गएर चलो कर्णाली अभियान पनि सुरु गर्ने तयारी गरिरहेका छौँ। कर्णाली घुमाउनका लागि कर्णालीको निजी क्षेत्रले पनि पहल लिनुपर्ने अवस्था छ। सरकारले यहाँको पूर्वाधार विकासमा ध्यान दिनुहोस्। यहाँ पर्यटक भित्र्याउने वातावरण हामी सिर्जना गछौँ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.