बैशाख १७ देखि सहिद भीमनारायण गोल्ड कप

बैशाख १७ देखि सहिद भीमनारायण गोल्ड कप
सुन्नुहोस्

धनकुटा : पूर्वकै प्रतिष्ठित फुटबल प्रतियोगिता सहिद भीमनारायण गोल्ड कप आगामी बैशाखदेखि हुने भएको छ। 

गोल्डकप आयोजक समितिको बैठकले आगामी बैशाख १७ देखि २३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो।

२०५५ सालदेखि सहिद भीमनारायण श्रेष्ठका नाममा प्रतियोगिता सञ्चालन हुँदै आइरहेको छ। बीचका केही वर्ष सञ्चालन भई स्थगित भएको प्रतियोगिता २०६३ सालदेखि पुनः नियमित हुन थालेको थियो। 

२०६३ सालयता बर्सेनि गोल्डकप सञ्चालन भई रहे पनि २०७६ यता प्रतियोगिता सञ्चालन हुने सकेको थिएन। कोरोना महामारीका कारण स्थगन भएको प्रतियोगिता तीन वर्षपछि पुनः सञ्चालन गर्न लागिएको हो। आयोजक समितिले प्रतियोगिताको पुरस्कार राशि पनि बढाउने निर्णय गरेको छ।

यस पटकको विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार पाउने मुल आयोजक समितिका संयोजक सम्भु प्रधानले जानकारी दिए। ‘पहिले विजेतालाई ५ लाख र उपविजेतालाई अढाई लाख दिएका थियौं,’ संयोजक प्रधानले भने, ‘प्रतियोगितामा थप आकर्षण बढाउन यसपटक पुरस्कार राशी बढाएर ७ लाख पुर्‍याएका छौं।’ 
 
प्रतियोगिता सञ्चालनका लागि नौवटा उपसमिति पनि निर्माण गरिएको छ। सम्भु प्रधानको संयोजकत्वमा आर्थिक संकलन, गोविन्द राईको संयोजकत्वमा फिल्ड व्यवस्थापन, विनय राईको संयोजकत्वमा मञ्च तथा अतिथि स्वागत, विदुर खवासको संयोजकत्वमा प्रचार प्रसार तथा मिडिया व्यवस्थापन र रुपेश श्रेष्ठको संयोजकत्वमा स्वयंसेवक तथा गेट व्यवस्थापन उपसमिति निर्माण गरिएको छ।

त्यस्तै, नविन किशोर शाक्यको संयोजकत्वमा सुरक्षा व्यवस्थापन, शुक्र लिम्बुको संयोजकत्वमा स्वास्थ्य उपचार, रामबहादुर श्रेष्ठको संयोजकत्वमा कार्यक्रम तयारी, शिशिर श्रेष्ठको संयोजकत्वमा सचिवालय सञ्चालन र सुमन श्रेष्ठको संयोजकत्वमा टिम व्यवस्थापन उपसमिति निर्माण गरेर तयारी थालिएको आयोजक समितिले जनाएको छ। 

२०३२ सालमा विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन प्रशासनले गोली हानी श्रेष्ठको हत्या गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.