छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

बेनी : म्याग्दीको धवलागिरी गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । धवलागिरी गाउँपालिका–६ मराङको नामरुकमा भिरबाट लडेर र वडा नम्बर ७ को धारापानीमा ढुङ्गाले लागेर एक/एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

प्रहरी नायव उपरीक्षक मदन कुँवरले दुवै जनाको शव आइतबार राती परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको बताए । मराङको राम्चेदेखि बुल जाने क्रममा नामरुकको भिरको सडकको डिलबाट खसेर आइतबार दिउँसो जेवाङ टोलका अन्दाजी ५२/५४ वर्षका सङबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

डोजरले फालेको ढुङ्गाले लागेर मृत्यु

धारापानी सामुदायिक वनको पात्लापाखा भिरमा घाँस काट्न गएका धारापानीका ६८ वर्षीय लालु थापालाई सडक निर्माणका क्रममा डोजरले फालेको ढुङ्गाले लागेर शनिबार मृत्यु भएको थियो । 

साँझ घर नआएपछि खोज्न गएका स्थानीयबासीले शनिबार राती थापालाई भिरमा मृत फेला पारेर प्रहरीलाई खबर गरेका थिए । दरवाङ–धारापानी सडक आयोजनाको निर्माण कम्पनीको डोजरले सडक विस्तारका क्रममा फालेको ढुङ्गाले घाँस काट्न गएका थापालाई लागेको मृतकका आफन्तले बताएका छन् । 

मृतकका आफन्तले दिएको जाहेरीको आधारमा अनुसन्धान अघि बढाएको र दुई वटै शवलाई परीक्षणका लागि बेनी अस्पतालमा राखिएको प्रहरी नायव उपरीक्षक कुँवरले बताए ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.