ओलीले गरे अर्घादेवी मन्दिरमा पूजा
अर्घाखाँची : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्घा भगवती मन्दिरमा पुजाआजा गरेका छन्। अध्यक्ष ओलीले अर्घा दरबार तथा अर्घा भगवती मन्दिरमा वैदिक विधिपूर्वक पुजाआजा गरेका हुन्।
यस मन्दिरभित्र ठूलो भगवती देवीको मूति स्थापना गरिएको छ। नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधनपछि ओली सन्धिखर्क ९ को अर्घा भगवती मन्दिर पुगेका हुन्।
पूर्वप्रधानमन्त्री समेत रहेका ओली सोमबार बिहान अर्घाखाँचीको मालारानी गाउँपालिका हुँदै गुल्मीको सदरमुकाम तम्घास जानेछन्।