नारायणकाजी श्रेष्ठ गृहमन्त्री बन्दैछन्? यस्तो छ जवाफ
काठमाडौं : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको निर्देशनअनुसार आफू काम गर्ने बताएका छन्। मन्त्रालयमा आयोजित सञ्चारकर्मीको प्रश्नमा उनले अहिल्यै गृहमन्त्रालयमा जाने तय भइनसकेको बताए।
'गठबन्धन फेरिएसँगै अहिले मन्त्रिपरिषद् विस्तार गर्ने प्रक्रियामा छ। त्यो छिट्टै हुन्छ पनि। अब मैले के गर्ने भन्ने सबालमा प्रधानमन्त्रीजीले जे निर्देशन गर्नुहुन्छ, त्यही मैले पालना गर्ने हो। त्यहीअनुसार काम गर्ने हो,' उनले भने।
मन्त्रिपरिषद् विस्तार हुने प्रक्रियासँगै श्रेष्ठ गृहमन्त्री हुने चर्चा छ। माओवादीले गृहमन्त्री आफैँसँग राख्ने गठबन्धनमा आबद्ध दलका नेताहरूसँग सहमति जनाइसकेको र उक्त मन्त्रालय कसलाई दिनेबारे माओवादीभित्र ब्यापक छलफल भइरहेको बताइएको छ।
त्यसो त श्रेष्ठबाहेक शक्ति बस्नेतलगायत नेताहरू गृहमन्त्रालयका लागि तीब्र लबिङमा छन्।