ठोरीबाट एक गाडी गहुँ प्रहरी नियन्त्रणमा

ठोरीबाट एक गाडी गहुँ प्रहरी नियन्त्रणमा
सुन्नुहोस्

वीरगन्ज : पर्साको ठोरीबाट प्रहरीले भारतबाट अवैध रुपमा ल्याएको आशंकामा एक गाडी गहुँ नियन्त्रणमा लिएको छ।

ठोरी नाका हुँदै भित्र्याइएको गहुँ चितवन लैजाँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ठोरीको टोलीले ठोरी गाउँपालिका-२ स्थित हुलाकी सडकखण्डबाट १८५ बोरा गहुँ सहितको गाडी नियन्त्रणमा लिएको हो।

चितवन तर्फ जाँदै गरेको ना ५ ख ६३११ नम्बरको पिकअप गाडीलाई रोकेर जाँच गर्दा अनलाइन बिलका लगायतका आवश्यक कागजात नभएको १ सय ८५ बोरा अर्थात  ९२ क्वीन्टल ५० केजी गहुँ नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए।

बरामद गहुँको मुल्य ३ लाख २३ हजार ७५० रुपैयाँ मूल्यांकन गरिएको पनि उनले बताए। बरामद गरिएको गहुँ सहितको गाडी अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.