अध्यक्ष कप फुटबलको उपाधि आयोजक बढैयातालले उचाल्यो

अध्यक्ष कप फुटबलको उपाधि आयोजक बढैयातालले उचाल्यो
सुन्नुहोस्

गुलरिया : बर्दियाको बढैयाताल गाउँपालिकामा सम्पन्न अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि आयोजक बढैयातालले उचालेको छ। 

बर्दिया जिल्ला अन्तरपालिका स्तरिय फुटबल खेलमा मधुवन नगरपालिकालाई २-१ गोलले पराजित गर्दै आयोजक टिमले उपाधि हात पारेको हो।

खेलको विजेता बनेको बढैयातालले उपाधि सहित १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दै आयोजक च्याम्पियन बनेको छ। 

पहिलो र दोस्रो संस्करणमा विजेता बनेको मधुवन नगरपालिका चौथो संस्करणको प्रतियोगितामा उप विजेतामा सीमित बन्यो। मधुवनले ५१ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ। 

फाइनल खेलमा बढैयातालका उज्वल घिमिरे उत्कृष्ट गोल रक्षक, मधुवनका शंकर थारु उत्कृष्ट डिफेन्डर, बढैयातालका अरुण चलाउने उत्कृष्ट मिड फिल्डर, बढैयातालकै आशिष सिङ ठकुरी उत्कृष्ट फरवार्ड र उदयमान खेलाडीमा बढैयातालका आलोक थारु घोषित भए। 

खेलमा बढैयातालका कृष्ण बहादुर राना भाट सर्वोत्कृष्ट खेलाडी घोषित भए। विभिन्न बिदामा उत्कृष्ट घोषित खेलाडीलाई समान स्वरुप दुई हजार रुपैयाँ प्रमाण पत्र र मेडलबाट पुरस्कृत गरिएको छ। 

मयुर यूवा क्लबको खेल मैदान नयाँ बस्तीमा चैत्र ४ देखि सुरु भएको प्रतियोगिता सोमबार सकिएको छ। बढैयाताल गाउँपालिका, वडा नं. ८ कार्यालय र कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजना रहेको खेलको जिल्ला फुटबल संघ बर्दियाले समन्वय र बर्दिया एकेडेमी तथा पोलिटेक्निक रिसर्च सेन्टर मुख्य प्रायोजन गरेको हो।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.