मक्का जाँदै गरेको बस दुर्घटनापछि आगलागी, २० जनाको मृत्यु

मक्का जाँदै गरेको बस दुर्घटनापछि आगलागी, २० जनाको मृत्यु
सुन्नुहोस्

उक्त बसमा उमराह तीर्थयात्री रहेको बताइएको छ । सो बसमा साउदी अरबका साथै अन्य देशका नागरिक सवार थिए।

रियाद : साउदी अरेबियाको मक्का जाँदै गरेको बस असिर प्रान्तमा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका साउदीको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

उक्त बसमा उमराह तीर्थयात्री रहेको बताइएको छ । सो बसमा साउदी अरबका साथै अन्य देशका नागरिक सवार थिए।

सरकारबाट प्राप्त रिपोर्ट अनुसार देशको दक्षिण-पश्चिममा अवस्थित असिर प्रान्तको अकाबात शारबाट १४ किलोमिटर टाढा पुलमा ठोक्किएर बस पल्टिएको हो । त्यसपछि बसमा आगो लागेको थियो ।

न्युज च्यानल अल अरेबियाले बसको ब्रेक फेल भएर दुर्घटना भएको र पुलसँग ठोक्किएर बसमा आगो लागेको बताएको छ ।
बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.