उपचारमा लापरवाही नगर्न हेटौडाको मोडेल अस्पताललाई निर्देशन

उपचारमा लापरवाही नगर्न हेटौडाको मोडेल अस्पताललाई निर्देशन
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

हेटौंडा : मकवानपुर प्रशासनले हेटौंडाको मोडेल अस्पताललाई बिरामीको उपचारमा लापरवाही नगर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा विषयगत कार्यालयका प्रतिनिधिहरु सम्मिलित टोलीले मंगलबार अस्पतालको अनुगमन गरी बिरामीको उपचारमा लापरवाही नगर्न निर्देशन दिएको हो।

टोलीले अस्पतालको प्रयोगशाला,फिजियोथेरापी, इमर्जेन्सी, शल्यक्रिया थियटर, उच्च संवेदनशील कक्ष, आइसीयु र जनरल वार्डको अनुगमन गरेको थियो । अनुगमनका क्रममा निजी स्वास्थ संस्था एकीकृत अनुगमन चेक लिस्टमा भएअनुसार महिला पुरुषलाई छुट्टै शौचालय, नार्कोटिन औषधि बिक्री गर्ने व्यवस्था,कम्तीमा १० प्रतिशत विपन्नलाई निःशुल्क उपचारको योजना, सूचना अधिकारीको व्यवस्था, सेवासँग सम्बन्धित ऐन नियमावली, ऐम्बुलेन्सको व्यवस्था नरहेको पाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले जानकारी दिए ।

त्यस्तै फार्मेसीको प्रमाणपत्र सच्याउनुपर्ने,म्याद सकिएको औषधी फिर्ता गर्नुपर्ने, सी ग्रडेको ल्याबमा प्रयोगशाला सञ्चालन गर्दा नियमबमोजिम न्यूनतम जनशक्ति राख्नुपर्ने, प्रयोगशाला शाखामा फोहोर व्यवस्थापन गर्नुपर्ने, रेफ्रिरजेरेट्र टेम्प्रेचर चेक लिस्ट राख्ने, हट एयर मिटर राख्ने, अटोमेटिक मेशिन सञ्चालनका लागि एसी २४ घन्टा नियमित चलाउनुपर्ने जस्ता कमी सच्याउनुपर्ने उनले बताए । 

‘अस्पताल तोकिएको मापदण्ड अनुसार सञ्चालन हुनुपर्छ र अर्को अति संवेदनशील विषय उपचार सेवा हो । यो जनताको प्रत्येक्ष स्वास्थ्यसँग जोडिएको हुनाले यसमा अस्पताल गम्भीर हुनुपर्छ । हामी अनुगमन गरिरहेका छौँ,'लापरवाही गर्नेलाई कानुन बमोजिम कारबाही गर्छौँ ,'न्यौपानेले भने । 

प्रशासनले केही दिनअघि मकवानपुर सहकारी अस्पताल र सिटी अस्पतालमा अनुगमन गरेको थियो भने सोमबार सन्चो अस्पतालको अनुगमन गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.