मोदी सरकारविरुद्ध किन धर्नामा बस्दैछिन् ममता बनर्जी ?
ममता धर्मतल्ला इलाकाको रेड रोडमा रहेको अम्बेडकरको प्रतिमामुनि धर्नामा बस्नेछिन् । प्रदर्शन स्थलमा पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको छ ।
ममता धर्मतल्ला इलाकाको रेड रोडमा रहेको अम्बेडकरको प्रतिमामुनि धर्नामा बस्नेछिन् । प्रदर्शन स्थलमा पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको छ ।
ममताले गत हप्ता ओडिशाको व्यक्तिगत भ्रमणमा जानुअघि यसबारे बताएकी थिइन्। उनले धेरै आयोजनाका लागि केन्द्र सरकारले राज्यलाई पैसा नदिएको आरोप लगाएकी छन्।
ममताले केन्द्रीय एजेन्सीहरू राजनीतिक प्रतिशोधका लागि प्रयोग भइरहेको आरोप लगाएकी थिइन्। यसअघि, अप्रिल १३, २०२१ मा ममता बनर्जीले कोलकातामा महात्मा गान्धीको प्रतिमा नजिकै निर्वाचन आयोगले २४ घण्टाको चुनावी अभियानमा प्रतिबन्ध लगाएको विरोधमा धर्नामा बसेकी थिइन्।
अर्कोतर्फ, तृणमूल कांग्रेसको कथित भ्रष्टाचारको विरोधमा भाजपा प्रदेश अध्यक्ष सुकान्त मजुमदार र विपक्षी दलका नेता शुभेन्दु अधिकारी पनि आज दिउँसो महानगरको श्याम बजार क्षेत्रमा धर्नामा बस्ने भएका छन् ।
यस अवसरमा भाजपाका पूर्व अध्यक्ष दिलीप घोष सहित पार्टीका धेरै नेताहरू उपस्थित हुनेछन्। बीबीसी