कोरियामा हुने साइकिलिङ तालिममा उदयपुरका युवा छनौट

कोरियामा हुने साइकिलिङ तालिममा उदयपुरका युवा छनौट
छनौटमा परेका उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका जुनियर राइडर निमा शेर्पा।

उदयपुर : कोरियामा हुने मेन जुनियर रोड राइडर साइकिलिङ ट्रेनिङ क्याम्पका लागि उदयपुरका एक युवा छनौट भएका छन्। वर्ल्ड साइकिलिङ सेन्टर कोरियाको आयोजनामा हुने तालिममा त्रियुगा नगरपालिका १० बोक्सेका जुनियर राइडर १८ वर्षीय निमा शेर्पा छनौट भएका हुन्। 

साइकिलिङमा भविष्य खोज्दै हिँडेका उनलाई रुची, लगनशिलता र क्षमताका आधारमा जिल्ला र केन्द्रको सिफारिसमा कोरियन साइकिलिङ फेडरेसनले अन्तिम छनौट गरेको जिल्ला साइकिलिङ संघका अध्यक्ष जितेन्द्र रोईलाले बताए। 

अप्रिल १४ सम्म हुने तालिममा साइकिलिङसँग सम्बन्धित सबै अभ्यास तथा अन्य गतिविधिमा समावेश गराउने र त्यसबारे कोरियामा भइरहेका असल अभ्यासका विषयमा प्रशिक्षित गराउने कार्यक्रम रहेको उनले बताए। रोईलाले भने, ‘सानै उमेरमा साइकिलिङ प्रतिको शेर्पाको मोह र लगनशिलता हेर्दा भविष्यमा केही गर्छन् जस्तो देखिएकाले अवसर प्रदान गरिएको हो।' 

तालिमबाट स्वदेश फर्किएपछि उनी साइकिलिङको अभियानमा जोडिने रोइलाको भनाइ छ। ‘मोफसलमा प्रायः युवाहरुले यस्तो अवसर विरलै पाउँछन्,' उनले भने, ‘यो हाम्रो लागि ठूलो अवसर हो। यसको सदुपयोग गर्दै अन्यलाई पनि तालिम, प्रशिक्षणहरू सञ्चालन गर्दै साइकिलिङप्रति आकर्षण बढाउँछौं।'

वातावरणीय र स्वास्थ्य दुबैका हिसाबले साइकिलिङ उपयुक्त रहेकाले यसबारे सर्वसाधरणलाई जनचेतना जगाउनु पर्ने उनले बताए। जिल्लामा साइकिलिङ संघमा करिब दुई सय जना आबद्ध रहेको अध्यक्ष रोईलाले बताए। 

यसका साथै नियमित खेलाडीको रूपमा मास्टर १५ जना, जुनियर १२ र २० वर्षमाथि २९ वर्षमुनिका इलाइट समूहका ३ जना रहेको उनले बताए। पर्यावरणको संरक्षण र स्वस्थ रहनका लागि संघ वार्षिकरुपमा क्यालेण्डर नै बनाएर जिल्लाभरि साइकिलिङ यात्रा गर्ने गरेको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.