यस्तो देखियो सेतो मच्छिन्द्रनाथको रथयात्रा (फोटो फिचर)
काठमाडौं : काठमाडौंमा मनाइने सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ। रथयात्रा मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म भएको थियो। आज साँझ ५ बजेदेखि ६:३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा गरिएको थियो। भोलि चैत १६ गते साँझ ५ बजेदेखि ६:३० बजेसम्म असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म रथ यात्रा हुनेछ।
चैत १७ गते साँझ ४ बजेदेखि ६:३० बजेसम्म हनुमानढोका, चिङ्कमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुने सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ। त्यस्तै चैत १८ गते साँझ ५:३० बजेदेखि ६:३० बजेसम्म लगन आमा रुख परिक्रमा, चैत १९ गते साँझ ५:३० बजेदेखि ७:३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं, युतुननी, कोहिती भीमसेन थान, मरु, यट्खा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म रथयात्रा हुने कार्यक्रम रहेको समितिले जनाएको छ।