शिक्षासँगै अतिरिक्त क्रियाकलाप

शिक्षासँगै अतिरिक्त क्रियाकलाप
सुन्नुहोस्

२० वर्षपछि समाज कस्तो होला भन्ने कल्पना गरेर शिक्षा दिन जरुरी छ।

बालबालिकाका लागि स्कुल खोज्दा के के कुरामा ध्यान दिनुपर्छ ?

स्कुलिङ (विद्यालय जाने) भन्ने कुरा धेरै संवेदनशील विषय हो। नयाँ प्रविधिको विकास, डिजिटलाइजेसन, बहुसांस्कृतिक, बहुभाषिक, बहुआयामिक अहिलेको समाजमा मिल्न सक्ने गरी बालबालिकालाई शिक्षा दिनुुपर्छ ।  अबको २० वर्षपछि समाज कस्तो होला भन्ने कल्पना गरेर शिक्षा दिन जरुरी छ। पहिला अंग्रेजी फरर बोलोस् भन्ने चाहने अभिभावकले अहिलेका बच्चा सबै कुराबाट स्मार्ट हुन भन्ने चाहन्छन्। व्यावहारिक शिक्षासँगै, बच्चा खुसी होस् भन्ने चाहना राख्छन्। त्यसपछि मात्र उसले पाउने मार्कसिटलाई प्राथमिकता राख्छन्। अहिलेको शिक्षाको विश्व मान्यता नै बदलिएको छ।  अभिभावकका आवश्यकतालाई ध्यानमा राखेर नै स्कुल पनि खोलिएको हुनुपर्छ। पढाइसँगै अतिरिक्त क्रियाकलाप, पूर्वाधार विकास, खुल्ला वातावरण, व्यावहारिक तथा बालमनोविज्ञान बुझ्ने शिक्षक, शिक्षिकालगायतलाई स्कुलहरूले पनि अपनाउनु परेको हुन्छ। एउटा विद्यार्थी खुसी भएर स्कुल जाने र खुसी भएर फर्किने वातावरण भएको स्कुल हुनुपर्छ। 

अतिरिक्त क्रियाकलापले बालबालिकाको समग्र विकासमा कसरी मद्दत गर्छ ?

स्मार्ट विद्यार्थी हुनका लागि बौद्धिक विकाससँगै शारीरिक विकास हुन पनि जरुरी छ। पढाइसँगै अन्य कुन क्रियाकलापमा बालबालिकाको इच्छा राख्छ, त्यो कुरा गर्न पाउनुपर्‍यो। हरेक बच्चामा लुकेको खुबी हुन्छ। खेलकुद, लेख, रचना, गीत गाउने, नाच्नेलगायतका अतिरिक्त क्रियाकलाप हुन्छन्। यसले बालमनोविज्ञानमा सकारात्मक असर गर्छ। यही कुरालाई ध्यानमा राखेर पढाइसँगै अतिरिक्त क्रियाकलापको व्यवस्था गरिएको हुन्छ। एलआरआई स्कुलले पनि आफ्ना विद्यार्थीका लागि शिक्षासँगै अतिरिक्ति क्रियाकलापको पनि व्यवस्था गरेको छ। एलआरआईका विद्यार्थीहरू पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न र उपलब्धि हासिल गर्न कुरामा पछि छैनन्। बच्चालाई पढाइमा मात्र केन्द्रित गराएर डाक्टर, इन्जिनियरमात्र बन्नुपर्छ भन्न छाडिदिएर माया र खुसीले उनीहरूलाई हुर्काउन र पढाउन आवश्यक छ। 

विद्यार्थीलाई अध्ययनमा कसरी प्रोत्साहन दिन सकिन्छ ?
शिक्षकले विद्यार्थीलाई जस्तो हो त्यस्तै स्कीकार्नु पर्छ। उसलाई अरूसँग दाँज्नु भएन। न अभिभावकले अन्यसँग न स्कुलले अरू विद्यार्थीसँग। यसले बच्चामाथि अन्याय हुन्छ। किनभने अर्को बच्चासँग दाँज्दा त्यो बच्चा कमजोर देखिन्छ। अनि बच्चालाई जुनसुकै समयमा पनि पढाउने मात्र गर्नु हुँदैन। यदि कुनै बच्चाले पढ्न मान्दैन भने कि परिवारको प्रेसरले वा स्कुलको प्रेसरले गर्दा पढ्न खोजिरहेको हँुदैन। उसको उमेरले प्रतिकार गर्न सक्दैन तर नपढेर प्रतिकार गरिरहेको हुन्छ। यस्तै बच्चालाई कुनै विषयमा इच्छा छ भने त्यसलाई स्याबास दिनुपर्छ भने इच्छा नभएको विषय पढ्नका लागि पनि प्रोत्साहन गर्नुपर्छ। गाली गर्ने, झपार्ने, पिट्ने गर्नु हुँदैन। हुन त अहिले यो प्रचलन घट्दै गइरहेको छ। बच्चा असफलताको कारण पत्ता लगाउन सक्नुपर्छ। अभिभावक र स्कुलले पनि बच्चालाई बढीभन्दा बढी समय दिएर खुसी बनाएर साथीत्व व्यवहार झल्काउँदै पढाउनुपर्ने हुन्छ। 

बच्चालाई आकार दिन (असल बन्न) परिवारले कसरी भूमिका खेल्न सक्छ ?
बच्चाको पहिलो स्कुल नै घर हो र घरभित्रको परिवार हो। समाजमा फिट हुनका लागि तयार गर्ने काम परिवारको हो। बच्चालाई नाबालक (अबुज)बाट वयस्क (सुझबुझ राख्न सक्ने) हुँदासम्म मानसिक, मनोवैज्ञानिक, शारीरिक, सामाजिक, आर्थिकलगायतका सहयोग गर्ने काम परिवारको हो। बच्चाको सबै किसिमको विकासमा परिवारको ठूलो हात हुन्छ। परिवारले आफ्नो बच्चाका लागि के ठीक के बेठीक भन्ने औंल्याउन जरुरी छ। 

बालबालिकाले विद्यालयमा के कस्ता समस्याबाट गुज्रिनुपरेको छ जस्तो लाग्छ ? ती समस्याहरू कसरी समाधान गर्न सकिन्छ ?
स्कुलले विद्यार्थीलाई दक्ष मानव बनाउने हो। पढेर पछि गएर ऊ कुनै एक सामाजिक रोजगारीमा जान सक्षम बनाउने आधार स्कुलले बनाउने हो। अन्य पेसामा जस्तै, यो पेसामा पनि शिक्षकशिक्षिका पाइँदैन। अनि जस्तो पाइन्छन् उनीहरूलाई तालिम दिएर ल्याउन परिरहेको छ। यसले गर्दा यो पेसामा समर्पणमा नभएका शिक्षकहरू (सबै त होइन)का कारण बच्चाहरूले त्यो आत्मीयता नपाएका हुन् कि जस्तो लाग्छ। प्रायः बच्चाहरूले स्कुलको बारेमा उठाउने मुद्दामा शिक्षकले कक्षामा गर्ने विभेद, बच्चाहरूलाई गिफ्ट ल्याइदेऊ भन्ने, नल्याउनेलाई मन नपराउने, राम्रो पारिवारिक पृष्ठभूमि भएकालाई राम्रो व्यवहार देखाउने, नभएकालाई राम्रो व्यवहार नदेखाउनेलगायतका छन्। अनि बच्चाले शिक्षकले माया नै गर्नु हुन्न भन्छन्। यसले बच्चाको सामाजिक व्यवहारमा नै असर गर्छ। ऊ अरूसँग बोल्न छोड्छ। 

स्कुल भनेको बच्चाहरूको भावनात्मक, सामाजिक, व्यावहारिक उपचारको थलो पनि हो। अभिभावकले बच्चा उसको उज्ज्वल भविष्यको आशामा स्कुल पठाएको हुन्छ भने उनीहरूको आशालाई परिणाममा परिणत गर्ने काम स्कुलको हो। यसका लागि शिक्षकहरू अहिलेको आवश्यकताअनुसार अपडेटेड हुनुपर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.