केटासँग कुरा गर्न नदिएको झोकमा बाआमाको हत्या

केटासँग कुरा गर्न नदिएको झोकमा बाआमाको हत्या
सुन्नुहोस्

काठमाडौं : उत्तर प्रदेशको बुलन्दशहर क्षेत्रमा आफ्नै १५ वर्षीया छोरीले आमाबाबुको हत्या गरेकी छन्। हत्या भएको १५ दिनपछि उनी पक्राउ परेकी हुन्। 

हत्या आरोपी कक्षा आठमा पढ्ने उनले केटाहरूको संगत गर्न आमाबाबुले नदिएको झोकमा उनीहरूलाई मारेको प्रहरीसमक्ष स्वीकार गरेकी छन्। मृतक दम्पतीकी चार छोरीमध्ये जेठी उनले १५ दिनअघि आमाबाबुलाई मारेको स्वीकार गरेकी शिकारपुर प्रहरी कार्यालयले जनाएको छ। 

केटाहरूसँग कुराकानी गरेकामा आमाबाबुले गाली गर्दा रिसाएकी उनले दैनिक काम सकेर घर आएका आमाबाबुलाई चियामा निद्रा लाग्ने औषधि हालेर खुवाएकी थिइन्। औषधिको प्रभावले मस्त निदाएका आफ्ना बाआमाका शिरमा उनले निर्ममतापूर्वक पटक-पटक वञ्चरो प्रहार गरेकी थिइन्। 

अठचालिस वर्षीय मोहम्मद शब्बीर र ४४ वर्षीया रेहाना केही दिनदेखि नदेखिएका तथा उनीहरूको घरबाहिर रगतका टाटा देखेपछि छिमेकीले आपराधको आशंका प्रहरीलाई खबर गरेका थिए। अनुसन्धानका क्रममा प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो तर अभियुक्तको मोबइल फोनमा भेटिएको ‘अडियो’लाई लिएर कठोररूपमा केरकार गरेपछि उनले अपराध स्वीकार गरिन्। 

हत्यामा प्रयोग गरिएको हतियार पनि प्रहरीले बरामद गरेको छ। अभियुक्तलाई बाल सुधार गृहमा पठाइएको छ। निद्राको औषधि बेच्ने २२ वर्षीय मोहम्मद अकिललाई पनि पक्राउ गरिएको छ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.