एसईई परीक्षाको अनुगमनमा पुगे मन्त्री श्रेष्ठ

एसईई परीक्षाको अनुगमनमा पुगे मन्त्री श्रेष्ठ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

हेटौडा : बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज अनुगमन गरेका छन् ।  हेटौंडाको आधुनिक राष्ट्रिय मावि र भुटनदेवी माविमा रहेको परीक्षा केन्द्रमा पुगेर मन्त्री श्रेष्ठले परीक्षा केन्द्रको अवस्था, सुरक्षा प्रबन्धलगायत विषयमा जानकारी लिँदै विद्यार्थीलाई परीक्षाको सफलताको शुभकामना दिए । 

मन्त्री श्रेष्ठले परीक्षा अनुशासित, मर्यादित, सुरक्षित र व्यवस्थित रहेकोमा खुसी व्यक्त गर्दै परीक्षा केन्द्राध्यक्षलगायत टिमलाई धन्यवाद दिए । परीक्षालाई प्रभावकारी बनाउन प्रदेश सरकारले सम्बन्धित सबै निकायलाई आवश्यक निर्देशन दिएको उनले बताए । 

त्यस्तै मन्त्री श्रेष्ठले विशेष अवस्थाका परिक्षार्थीलाई समेत हौसला प्रदान गर्दै विद्यालयका नर्सलाई परिक्षार्थीलाई कुनै पनि बेला आवश्यक पर्ने स्वास्थ्य सेवाका बारेमा सचेत रहन सम्बन्धित केन्द्राध्यक्षमार्फत् निर्देशन दिएका छन् । 

चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुने र त्यसमा बागमती प्रदेशको मात्रै २० प्रतिशत विद्यार्थी सहभागी छन् । 

त्यस्तै एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्रमध्ये सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा रहेको जानकारी शिक्षा विकास निर्देशनालयका शाखा अधिकृत विजय विडारीले जानकारी दिए । 

बागमती प्रदेशका १ लाख १ हजार ७३३ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र रहेको अधिकृत विडारीले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.