राजनैतिक समन्वय नहुँदा आन्दोलन चर्कियो

राजनैतिक समन्वय नहुँदा आन्दोलन चर्कियो
सुन्नुहोस्

धरान : कोशी प्रदेश खारेजीको माग राखेर पहिचान पक्षधरले सुरु गरेको आन्दोलन थप सशक्त बन्दै गएको छ। 

सम्बन्धित निकायले आन्दोलनकारीहरूलाई राजनैतिक समन्वय नगरेका कारण आन्दोलनले उग्र रूप लिने निश्चित देखिन्छ। 

चैत ५ गतेदेखि कोशी प्रदेशको राजधानी विराटनगर र त्यस पश्चात १४ वटै जिल्लामा एक साथ आन्दोलन सुरु भएको छ। 

प्रदेश १ सरकारमा सहभागी भएको नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायत संघीय लिम्बुवान पार्टी, संघीय समाजवादी पार्टी, किरात याक्थुम चुम्लुङका प्रतिनिधि सहित केही कांग्रेस कार्यकर्ताहरू समेत आन्दोलनमा खुलेर लागिपरेका छन्। 

आन्दोलनका क्रममा धरान १५ बस्दै आएका मोरङ बेलवारीका पदम लिम्बु (लाजेहाङको) मृत्यु भएको छ। अन्य ५० भन्दा बढी प्रर्दशनकारीहरू घाइते भएको जसपाका नेता सागर चेम्चोङले बताए। 

लाजेहाङको मृत्युपश्चात पहिचान पक्षधरले आन्दोलनलाई थप सशक्त बनाएका छन्। प्रदेश १ सरकारले मृतकका परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिए पनि परिवारले स्वीकार गरेको छैन। यतिका दिन बितिसक्दा पनि लाजेहाङको शव परिवारले बुझेका छैनन्। 

धरानका राजनैतिक विश्लेषक डा. राजेन्द्र शर्माले सरकारले आन्दोलनकारीहरूसँग समन्वय गर्न नसक्दा आन्दोलनले उग्ररूप लिने चिन्ता व्यक्त गर्छन्। 

गणतन्त्रमा शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई भएको र शान्तिपूर्ण आन्दोलनलाई बिथोल्न कसैले पनि नहुने उनको भनाइ छ। आन्दोलनरत पक्षलाई वार्ताको टेबुलमा राखेर तत्काल समस्या समाधान गर्न पनि डा. शर्माले सरकारलाई सुझाव दिएका छन्। 

सुनसरीका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले पहिचान पक्षधरको आन्दोलनका विषयमा केन्द्रीय सरकारले नै छानविन समिति गठन गरी काम सुरु गरेकाले समस्याको समाधान केन्द्र सरकारले नै गर्ने बताउँछिन्। 

उनले स्थानीय प्रशासनबाट पनि प्रर्दशनकारीहरूलाई वार्ता र छलफलको माध्यमबाट समस्याको समाधान गर्न आह्वान  गरिएको बताइन्। 

धरान सशक्त बन्दै आन्दोलन

कोशी प्रदेश खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका पहिचान पक्षधर आन्दोलनकारीहरूले  धरान उपमहानगरपालिकामा कालो झण्डा गाडेर तालाबन्दी गरेका छन्। बिहीबार नारा जुलुस सहित आन्दोलनमा उत्रिएका पर्दशनकारीहरूले वडा कार्यालयमा समेत तालाबन्दी गरेका छन्। 

धरान उपमहानगरपालिका सहित धरानको वडा नम्बर ५, १२, १५, १६, १८ लगायतको वडा कार्यालयमा तालाबन्दी गरेका छन्। सयौंको संख्यामा रहेका आन्दोलनकारीहरूले प्रहरीकै अगाडि कार्यालयमा तालाबन्दी गरेका थिए। 

सुनसरी प्रशासनले सुरक्षा व्यवस्था मजबुत नबनाएका कारण आन्दोलनकारीहरूले उपमहानगररपालिका र वडा कार्यालयमा तालाबन्दी गर्न सकेका हुन्। 

प्रहरीले केही वडा कार्यालयको तालाबन्दी खोलेको भए पनि पुनः तालाबन्दी गरेका कारण वडा कार्यालयको काम सञ्चालन गर्न नसकिएको वडा नम्बर ५ का वडा अध्यक्ष मनप्रसाद्र लिम्बुले बताए। 

संघीय लिम्बुवान पार्टीका सुनसरी अध्यक्ष अमर इजमले कोशी प्रदेश खारेजी नभइन्जेल आन्दोलन नरोकिने बताए। उनले आन्दोलनलाई दमन गरिए पहिचान पक्षधरहरू प्रतिकारमा उत्रने समेत चेतावनी दिएका छन्। 

उनले शान्तिपूर्ण आन्दोलनमा आफ्नो पार्टीका लिम्बुवान भोलन्टियर्स (एलभी) कमाण्डर पदम लिम्बु लाजेहाङको मृत्यु भएकाले उनलाई सहिद घोषणा र कोशी प्रदेश खारेज गर्नुपर्ने माग गरेका छन्। 

आन्दोलनकारीहरूले सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा लगायतका जिल्लामा आन्दोलन चर्काएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.