७७ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
दोलखा : परोपकार महिला बचत तथा ऋण सहकारी संस्थाले ६६ औँ सहकारी दिवसको पूर्वसन्ध्यामा बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।
सहकारीले आफ्नो सेवा क्षेत्र भीमेश्वर नगरपालिका-२ मा रहेको तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत ७७ जना विद्यार्थीलाई सामग्री वितरण गरेको हो।
सहकारीले डट्पेन, पेन्सिल र ज्यामिति बक्स वितरण गरेको हो।
संस्थाका व्यवस्थापक प्रमिला कार्कीका अनुसार सामाजिक कोष अन्तर्गतको रकम सामाजिक क्षेत्रमै खर्च गर्दै आएकाले यस पटक पनि विद्यार्थीलाई सामग्री वितरण गरेको हो।
विद्यार्थीलाई अध्ययनमा केही सहज हुने र सहकारी बारे बुझाउन पनि यस खालका कार्यक्रमले सहयोग पुग्ने उनले बताइन्।
प्रधानाध्यापक तीर्थबहादुर जोशीले सहकारीलाई धन्यवाद व्यक्त गर्दै गरिब तथा जेहेन्दार र थामी जातीको बाहुल्यता रहेको विद्यालयको विद्यार्थीलाई सामग्री वितरण गरेर सहयोग गरकोमा प्रशंसा व्यक्त गरे।