टाटासुमो दुर्घटनामा दुई जनाको मृत्यु, चालकसहित १० घाइते

टाटासुमो दुर्घटनामा दुई जनाको मृत्यु, चालकसहित १० घाइते
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको दुप्चेश्वर गाउँपालिका-४ सानोगोल्फुमा आज टाटा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन्। 

मृत्यु हुनेमा दुप्चेश्वर-४ की १६ वर्षीया मनमाया तामाङ र सोही स्थानका २४ वर्षीय छिरिङ तामाङ रहेका छन्। 

११ जना यात्रु बोकेर काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ३९८४ नम्बरको टाटा सुमो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

घाइतेको उद्धार गरी खरानीटार अस्पताल तथा काठमाडौंतर्फ लगिएको नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा टाटा सुमोका चालक दुप्चेश्वर ४ कै ३० वर्षीय लाक्पा तामाङ गम्भीर घाइते भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.