सगरमाथा क्षेत्रमा बेपत्ता जापानिज पर्यटक मृत भेटिए
सोलुखुम्बु : सगरमाथा क्षेत्रमा एक सातादेखि बेपत्ता भएका जापानिज पर्यटक मृत भेटिएका छन्।
गत चैत्र ८ गतेदेखि बेपत्ता भएका ५४ वर्षीय हितोशी इशिबाको शव बिहीबार सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ चोलापास नजिकै फेला परेको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ।
कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक पूर्ण दाहालका अनुसार उनको शव चोलापास नजिकै बाटोमा फेला परेको हो।
बेपत्ताको खोजीका लागि खटिएको सिम्रिक एयरको हेलिकप्टरले इशिबालाई बिहीबार दिउँसो १२ बजे मृत फेला परेको प्रहरी नायब निरीक्षक दाहालले बताए।
उनको शव पोष्टमार्टका लागि बिहीबार नै हेलिकप्टर मार्फत काठमाडौंको शिक्षक अस्पताल महाराजगञ्ज पुर्याइएको छ।
गाईड तथा साथीविना नै एक्लै सगरमाथा क्षेत्र भ्रमणमा आएका इशिबाको हाई लागेर ज्यान गएको अनुमान गरिएको छ। यद्यपि पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ।