कालिञ्चोक क्षेत्रमा हिमपात
दोलखा : दोलखाको कालिञ्चोक र शैलुङ क्षेत्रमा शनिबार हिमपात भएको छ। शनिबार दिउँसोबाट हिमपात भएको स्थानीयले बताए।
हिमपातका कारण जनजीवन प्रभावित बनेको छ। कालिञ्चोक मन्दिर दर्शन र प्राकृतिक क्षेत्र भ्रमणको लागि कालिञ्चोक पुगेका पर्यटकहरू हिउँमा रमाई रहेका कालिञ्चोकमा हिउँ खेल्न पुगेको कुरीमा रहेको होटल सुनपातीका राजन क्षेत्रीले बताए।
पुष र माघ महिनामा हिमपात नभएको तीन हजार आठ सय ४२ मीटर उचाईमा रहेको कालिञ्चोक क्षेत्रमा फागुन १३ गते पहिलो पटक हिमपात भएको थियो। त्यसयता यो क्षेत्रमा पाँच पटक हिमपात भई सकेको क्षेत्रीले बताए।
शैलुङ क्षेत्रमा पनि शुक्रबार र शनिबार हिमपात भएको स्थानीय दिपेश श्रेष्ठले बताए।