केदारनाथ, बद्रीनाथमा भारी हिमपात
केदारनाथ : भारतको उत्तराखण्डमा पहाडी क्षेत्रमा हिमपात भएको छ भने मैदानी क्षेत्रमा पानी परिरहेको परिरहेको छ। केदारनाथ धाममा भारी हिमपातका कारण केदारनाथ धार्मिक यात्राको तयारी पनि प्रभावित भएको छ। यसैबीच उक्त स्थानमा भइरहेको पूर्वाधार निर्माण कार्य केही समयका लागि रोकिएको छ।
धार्मिक यात्रा २५ अप्रिलबाट सुरु हुने बताइएको छ। साथै उत्तराखण्डका थुप्रै मैदानी इलाकामा पनि पानी परिरहेको बताइएको छ। प्रशासनले राज्यमा सावधानीका साथै उद्धार कार्य पनि जारि राखेको छ।
मौसममा बदली भएसँगै बद्रीनाथ धाममा पनि हिमपात सुरु भएको छ। बद्रीनाथ मन्दिरको द्वार २७ अप्रिलदेखि खोलिनेछ। बारम्बारको खराब मौसम र कडा चिसोका कारण यात्रा तयारी र गुरुयोजनाको काम प्रभावित भएको अधिकारीहरूले बताएका छन्।