सुरक्षा परिषद्को अध्यक्षता रुसलाई , अन्तर्राष्ट्रिय समुदायको मुहारमा गतिलो झापड भएको युक्रेनको भनाइ

सुरक्षा परिषद्को अध्यक्षता रुसलाई , अन्तर्राष्ट्रिय समुदायको मुहारमा गतिलो झापड भएको युक्रेनको भनाइ
सुन्नुहोस्

यसबारे युक्रेनले कडा प्रतिक्रिया दिएको छ। युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले रुस राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्ष बन्नु अन्तर्राष्ट्रिय समुदायको अनुहारमा गतिलो झापड भएको उनले बताएका छन्।

किभ :  युक्रेनको आपत्तिका बाबजुद रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएसी) को अध्यक्षता पाएको छ। युक्रेनले सदस्य राष्ट्रहरुलाई रुसलाई अध्यक्षता नदिन आग्रह गरे पनि त्यो सफल भएन। 

यसबारे युक्रेनले कडा प्रतिक्रिया दिएको छ। युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले रुस राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्ष बन्नु अन्तर्राष्ट्रिय समुदायको अनुहारमा गतिलो झापड भएको उनले बताएका छन्।

उनले भने, 'म सुरक्षा परिषद्का वर्तमान सदस्यहरूलाई रुसले राष्ट्रपति पदको दुरुपयोग गर्ने कुनै पनि प्रयासलाई अनुमति नदिन आग्रह गर्दछु। यो पदमा रूस हुनु गैरकानुनी हो।'

 
संयुक्त राष्ट्र सुरक्षा परिषद्का सबै १५ सदस्यले पालैपालो एक महिनाको लागि परिषद्को अध्यक्षता पाउँछन्। अब सुरक्षा परिषद्को नेतृत्व त्यस्तो देशले गर्ने भएको जुन देशको राष्ट्रपतिलाई कथित युद्ध अपराधमा अन्तर्राष्ट्रिय अदालतबाट पक्राउ पुर्जी जारी गरिएको छ।

अन्तर्राष्ट्रिय फौजदारी अदालत (संयुक्त राष्ट्र संघ होइन) ले गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

यसअघि रुसले सन् २०२२ को फेब्रुअरीमा अध्यक्षता पाएको थियो। सोही समयमा रुसले फेब्रुअरीमा नै युक्रेनमा आक्रमण गरेको थियो। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.