राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड अस्पतालमा

राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड अस्पतालमा
फाइल तस्बिर।
सुन्नुहोस्

शनिबार साँझ पेटमा समस्या भएपछि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका राष्ट्रपति पौडेललाई भेट्न प्रचण्ड गएको सचिवालयले जनाएको छ।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल महाराजगन्ज पुगेका छन्। शनिबार साँझ पेटमा समस्या भएपछि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड गएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

भेटमा उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। प्रचण्डले पौडेलको सिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्।

पौडेललाई चिकित्सकको निगरानीमा राखिएको शिक्षण अस्पतालले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.