शैलुङमा हिमपात (फोटोफिचर)
हिमपात भएसँगै शैलुङ्गमा हिउँ खेल्न आउनेको सङ्ख्या बढेको स्थानीयले बताएका छन्।
काठमाडौं : रामेछापको माथिल्लो क्षेत्रमा बाक्लो हिमपात भएको छ। रामेछापको शैलुङलगायत उच्च भू-भागमा बाक्लो हिमपात परेको परेको स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिए।लामो समयपछि हिउँ र पानी परेकाले किसान भने उत्साहित भएका छन्। हिमपात भएसँगै शैलुङ्गमा हिउँ खेल्न आउनेको सङ्ख्या बढेको स्थानीयले बताएका छन्।
हिउँ परेपछि यहाँ घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको शेर्पाले बताए। रामेछाप र दोलखाको संगमस्थल शैलुङ्ग पछिल्लो समयमा पर्यटकीय क्षेत्रको रुपमा परिचित छ।
प्राकृतिक स्रोत साधनको भरपुर उपभोग गरेर शैलुङको पर्यटनको विकास गर्नुपर्ने स्थानीयको भनाई छ।
तस्बिर सौजन्य : दावासाङ्बु शेर्पा