ए डिभिजन लिग: संकटाको दोस्रो जित

ए डिभिजन लिग: संकटाको दोस्रो जित
सुन्नुहोस्

काठमाडौं : जुनियर केन्ग्वेको निर्णायक गोलप्रेरित संकटा क्लबले सहिद स्मारक ए डिभिजन लिगमा सोमबार एफसी खुमलटारलाई १–० ले पराजित गरेको छ। सातदोबाटोस्थित एन्फ कम्प्लेक्समा भएको खेलको २७औं मिनेटमा जुनियरले गरेको एक मात्र गोल निर्णायक बन्यो।

खुमलटारका राजीव लोप्चनले आफ्नै बक्स अगाडि बलमा नियन्त्रण गुमाएपछि संकटाले मौका पाएको थियो। सोही मौकाको फाइदा उठाउँदै जुनियरले हाफ भलीमा उत्कृष्ट गोल गरे।

त्यसबाहेक दुवै टिमले गोलका लागि अवसर सृजना गरे पनि स्कोरका कन्भर्ट गर्न सकेनन्। खुमलटारका स्टेफन समिरले चौथो मिनेटमा पेनाल्टी एरिया बायाँतर्फबाट प्रहार गरेको फ्रि–किक संकटाका गोलकिपर विष्णुकुमार केसीले रोकेका थिए।

त्यसको १० मिनेटपछि मेसुके ओलामेउले पेनाल्टी एरिया अगाडिबाट गरेको लामो प्रहार क्रसबारमाथिबाट बाहिरिएको थियो। संकटाका नेल्सन कोन्फोले १५औं मिनेटमा गरेको प्रहार फ्रेममा परेको थिएन। खुमलटारका राजीवले १७औं मिनेटमा गरेको प्रहार क्रसबार नजिकबाट बाहिरिँदा खुमलटार अग्रता लिन वञ्चित भएको थियो। त्यसको एक मिनेट नबित्दै जुनियरले ६ यार्ड बक्सको दायाँतर्फबाट गरेको प्रहार खुमलटारका किपर देव लिम्बुले रोकेका थिए।

यस्तै, संकटाका निशान खड्काले २५औं मिनेटमा प्रहार गरेको कर्नरमा जुनियरले हेडरमार्फत गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो।मेसुकेले ४७औं मिनेटमा गरेको प्रहार संकटाका गोलकिपरले बचाएका थिए।

जुनियरले ७२औं मिनेटमा गरेको सशक्त प्रहार देव लिम्बुले रोकेका थिए। यद्यपि, उनले छेकेको बललाई संकटाका कप्तान कुलदिप कार्कीले गोल लाइनबाट फर्काएका थिए। जितसँगै संकटा ६ खेलबाट ९ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ। समान खेलबाट ६ अंक जोडेको खुमलटार नवौं स्थानमा छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.