बारा २ मा पराजित नेताहरूबीच भीडन्त, उपेन्द्र यादवलाई रोक्लान् जनमतका कुशवाहाले?

बारा २ मा पराजित नेताहरूबीच भीडन्त, उपेन्द्र यादवलाई रोक्लान् जनमतका कुशवाहाले?
सुन्नुहोस्

सिमरा : मंसिर ४ मा सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका चर्चित अनुहारसहित ३६ जनाले बारा २ को उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। कलैयास्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर १२ जनाले राजनीतिक दल र २४ जनाले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका हुन्।   

राजनीतक दलबाट मनोनयन दर्ता गर्नेमा जनता समाजवार्टी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, आम जनता पार्टीका अरुण ज्ञवाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल साह तेली, नागरिक उन्मुक्ती पार्टीका कमरुल्लाह अंसारी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका मनिफ मिया अंसारी, नेपाल मजदुर किसान पार्टीका मुक्ती यादव,  हाम्रो नपाली पार्टीका चन्द्रप्रकाश सुवेदी, नेपाल संघीय समाजवादी पार्टीका नेराजुल अंसारी, मंगोल नेशनल अर्गनाईजेशनका प्रमोद राम चमार रहेका छन् भने अन्य स्वतन्त्र उम्मेदवार छन्। स्वतन्त्रमध्ये अधिकांश राजनीतिक दलका 'डमी' उम्मेदवार छन्। 

ठूला दलबाट उम्मेदवारी दिएका उम्मेदवारमध्ये केही चर्चित तर चार महिना अघि सम्पन्न निर्वाचनमा पराजित अनुहारसमेत छन्। सप्तरी २ बाट जनमत पार्टीका डा. सिके राउतसँग पराजय व्यहोरेका जसपा अध्यक्ष यादव दोस्रो अवसर खोज्दै बारा आएका छन्। बारा-२ बाट निर्वाचित रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर अध्यक्ष यादवले उपनिर्वाचनको बाटो खोलेका हुन्। 

लगातार दुई पटक चुनाव जितेका यादवलाई उपराष्ट्रपति बनाएर उनको स्थानमा केन्द्रीय अध्यक्ष यादवले आफ्नो भाग्य अजमाउन खोजेका छन्। तर उनका लागि यसपटक पनि जनमत पार्टीका अध्यक्ष राउत बाधक बन्ने देखिन्छन्। राउतले उपराष्ट्रपति यादवसँग थोरै मतान्तरले पराजित भएका शिवचन्द्र कुशवालाई उम्मेदवारका रूपमा अघि सारेका छन्। 

नेकपा माओवादी केन्द्रबाट आफ्नो पार्टीमा भित्र्याउँदै राउतले यादवविरुद्ध उम्मेदवार खडा गरेका हुन्। उनले केही दिनअघि बारामै आएर जसपा अध्यक्ष यादवलाई पराजित गर्नका लागि आफू सक्रिय हुने बताएका थिए। उनले जसपा अध्यक्ष यादवलाई पराजित गर्ने दाबी गरेका छन्। 

जनमत पार्टीबाट उम्मेदवार बनेका कुशवाहा पनि पराजित अनुहार हुन्। मंसिर ४ गते सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका कुशवाहा माओवादी केन्द्रबाट टिकट नपाउने निश्चित भएपछि जनमत पार्टी प्रवेश गरेका उम्मेदवार बनेका हुन्। कुशवाहाले डा. राउतसँगै निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए। 

यता रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्न पूर्व डिआइजी रमेश खरेल बारा आएका छन्। काठमाडौं १ बाट पराजित खरेल दोस्रो अवसर खोज्दै बारा आएका हुन्। स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर खरेलले उम्मेदवारी दर्ता गराए। 

यता प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट अरुण ज्ञवाली उम्मेदवार भएका छन्। उनी पनि मंसिर ४ मा सम्पन्न निर्वाचनमा पराजित अनुहार हुन्। नेपाली कांग्रेसबाट टिकटको आकांक्षी रहेका ज्ञवालीले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उक्त निर्वाचनमा सम्मानजनक मत प्राप्त गरेका ज्ञवाली यसपटक आम जनता पार्टीबाट उम्मेदवार बनेका हुन्। 

ठूला राजनीतिक दलबाट उम्मेदवारी दिएकामध्ये नेकपा एमालेका पुरुषोत्तम पौडेल नयाँ अनुहारका देखिएका छन्। २०७० सालमा बारा क्षेत्र नं. ६ बाट संविधानसभा सदस्यमा निर्वाचित पौडेल त्यसयता उम्मेदवार बनेका छैनन्। मंसिर ४ को निर्वाचनमा उनि बारा १ बाट प्रतिनिधिसभा सदस्यको आकांक्षी थिए। उनी आकांक्षी रहेको क्षेत्रमा अर्का पोलिटव्युरो सदस्य अच्युत मैनालीले टिकट पाएका थिए। 

पौडेल झण्डै ९ वर्षपछि प्रत्यक्ष निर्वाचन लड्दैछन्। पूर्व युवा तथा खेलकुद मन्त्रीसमेत रहेका पौडेल 'हेभिवेट भिडन्त'मा सफल हुँदै प्रतिनिधिसभा प्रवेश गर्न तयार देखिन्छन्। जनताबाट अस्विकृत भएका व्यक्तिहरुले बारा २ लाई भाग्य अजमाउने ठाँउको रुपमा लिएको भन्दै पौडेलले मधेसका जनता सचेत भइसकेको बताए। 

पौडेलको मनोयनका क्रममा एमाले केन्द्रीय सचिव रघुवीर महासेठ, पोलिटव्युरो सदस्य अच्युत मैनाली, ज्वालाकुमारी साह, केन्द्रीय सदस्य राजकुमार गुप्ता, महमद समीरलगायतका नेता निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। 

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका तेली, हाम्रो नेपाली पार्टीका सुवेदी पनि अघिल्लो निर्वाचनमा पराजित अनुहार हुन्। यता राजनीतिक दलभन्दा स्वतन्त्र उम्मेदवारको संख्या दोब्बर देखिएको छ। १२ जनाले राजनीतिक दलबाट उम्मेदवारी दिँदा २४ जना स्वतन्त्र उम्मेदवार बनेका छन्। स्वतन्त्र रहेका अधिकांश उम्मेदवार डमी हुन्। 

निर्वाचन कार्यालयबाट प्राप्त गर्ने सवारीसहितको अन्य सूविधा लिनका लागि राजनीतिक दलले स्वतन्त्र उम्मेदवार उठाउने गरेका छन्। यसअघि मंसिर ४ मा सम्पन्न निर्वाचनमा बारा २ मा ११ जना स्वतन्त्र उम्मेदवार रहेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.