अमेरिका आँधी : मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

फेरि चक्रवात आउने खतरा

अमेरिका आँधी : मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो
सुन्नुहोस्

वासिङटन डिसी : अमेरिकी दक्षिण र मध्यपश्चिम क्षेत्रमा आएको विनाशकारी आँधीबेहरीका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । 

दक्षिणी मैदानी क्षेत्रका केही भागमा व्यापक आँधी आउन सक्ने सम्भावना रहेको सीएनएनले जनाएको छ । गत शुक्रबार अमेरिकी भूमिमा अवतरण भएको यो आँधीले सयौँ घर र व्यवसायहरूलाई आंशिक तथा पूर्णरूपमा ध्वस्त पारेको थियो । 

अर्कान्सासका मेयर जेनिफर हब्सका अनुसार, अर्कान्सासको वेनमा चार जनाको मृत्यु भएको छ । आँधीले शहरको पश्चिमी सीमाबाट यसको पूर्वीसम्म विनाशको रेखा छोडेको थियो ।

 उनले भने, 'हामीलाई यी परिवारहरूलाई पुनः स्थापना गर्न मद्दत गर्न सक्ने सबै सहयोगको आवश्यकता छ ।' अर्कान्सास, इन्डियाना र टेनेसीराज्यमा मृत्यु हुनेको संख्या आइतबार १५ पुगेको अधिकारीहरूले बताएका छन् । 

मेम्फिस प्रहरी विभागले एक विज्ञप्ति जारी गर्दै दुई बालबालिका र एक वयस्कको मृत्यु भएको जनाएको छ । अर्कान्सासका गभर्नरले नर्थ लिटिल रकमा आँधीका कारण एक जनाको र वाइनमा दुई जनाको मृत्यु भएको जानकारी दिएपछि शुक्रबार दिउँसो आपतकालीन अवस्थाको घोषणा गरेका थिए।

सिएनएनका अनुसार खराब मौसमका कारण मिसौरीमा पनि आपतकालीन अवस्था घोषणा गरिएको छ । उत्तरी इलिनोइसमा शुक्रबार राति बेल्भिडेरेस्थित एक नाट्यशालाको छाना भत्किँदा एक जनाको मृत्यु हुनुका साथै अन्य २८ जनालाई अस्पतालमा भर्ना गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

इन्डियाना स्टेट पुलिसका सार्जेन्ट म्याट एम्सका अनुसार इडियानाको सुलिभान कन्ट्रीमा शेरमेनबाट लगभग १५० माइल पूर्वमा रहेको आँधीका कारण तीन जनाको मृत्यु भएको छ । नेशनल वेदर सर्भिसले अर्कान्सास, इलिनोइस, इन्डियाना र टेनेसीका अतिरिक्त विस्कन्सिन, आयोवा र मिसिसिपीमा पनि आँधीको रिपोर्ट दिएको थियो । राष्ट्रिय मौसम सेवाका अनुसार आँधीको प्रणाली शनिबार बिहानै पूर्वतिर सर्दै गर्दा अलाबामा र जर्जियाका केही भागमा चक्रवातको चेतावनी जारी गरिएको छ । रातारात आएको चक्रवातले मिसिसिपीको रोलिङ फोर्कको अधिकांश भागलाई जलमग्न बनाएको छ । 

जहाँ अनुमानित अधिकतम १७० माइल प्रतिघण्टाको दरमा आँधी आएको थियो । 

अमेरिकी राष्ट्रपति बाइडनले गत हप्ता आएको आँधीका कारण सबैभन्दा बढी प्रभावित मिसिसिपी समुदायको रोलिङ फोर्कको भ्रमण गरेका थिए । आँधीले रोलिङ फोर्क र आसपासका शाकी काउन्टीमा १३ जनाको ज्यान लिनुका साथै दर्जनौँ घर तथा व्यवसायलाई आँशिक वा पूर्णरूपमा क्षति पुर्‍याएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.