जर्मन अस्पतालमा आगलागी

जर्मन अस्पतालमा आगलागी
सुन्नुहोस्

जर्मनीको राजधानी बर्लिनस्थित क्लिनिकुम अम अर्बनको तेस्रो तल्लामा लागेको आगो सोमबार बिहान नियन्त्रणमा लिइएको छ। तीन जना बिरामी र एक नर्स गम्भीर घाइते भएका छन्। लिफ्टमा फसेका एक घाइते धुवाले निस्सासिएर विरामी परेका थिए।

बर्लिन : बर्लिनको एक अस्पतालमा आइतबार राति भएको आगलागीमा परी चार जना गम्भीर घाइते भएका छन्। आगजनी सुरु गरेको आशङ्कामा एक व्यक्तिलाई पक्राउ गरिएको छ।

जर्मनीको राजधानी बर्लिनस्थित क्लिनिकुम अम अर्बनको तेस्रो तल्लामा लागेको आगो सोमबार बिहान नियन्त्रणमा लिइएको छ। तीन जना बिरामी र एक नर्स गम्भीर घाइते भएका छन्। लिफ्टमा फसेका एक घाइते धुवाले निस्सासिएर विरामी परेका थिए।

भवनभरी धुवाँ फैलिएपछि ४० जनालाई सुरक्षित स्थानमा सारिएको थियो।

प्रहरीका अनुसार मध्यरातमा ४८ वर्षीय एक व्यक्तिले अस्पतालका दुई शैयामा आगजनी गरेपछि आगलागी सुरु भएको देखिन्छ।

आक्रमणमा सम्लग्न उनलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिइएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.