क्याम्पसका कर्मचारी आन्दोलित

क्याम्पसका कर्मचारी आन्दोलित
फाइल तस्बिर।
सुन्नुहोस्

क्याम्पस प्रमुख उमेश चौरसियाले त्रिवि कर्मचारी संघका अध्यक्ष किशोरी चौधरीसँग मिलोमतो गरी चौधरीकै पत्नी श्रीगणेशमाया शाहीलाई क्याम्पसको पुस्तकालयको कर्मचारीमा नियुक्त गरेको कर्मचारीहरूको आरोप छ।

वीरगन्ज : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा करारमा कार्यरत कर्मचारीहरू तालाबन्दी गरी आन्दोलनमा उत्रिएका छन्।

क्याम्पस प्रमुखले त्रिवि कर्मचारी संघको अध्यक्षकै पत्नीलाई आफूखुसी पुस्तकालयको कर्मचारीमा नियुक्त गरेको विरोधमा कर्मचारीहरू सोमबारदेखि आन्दोलित भएका हुन्। कर्मचारीहरूले सोमबार क्याम्पसको प्रशासन, लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै बिहान १० देखि साँझ ५ बजेसम्म धर्ना पनि दिएका छन्। मंगलबार पनि धर्ना दिने कार्यक्रम रहेको त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघको एकाइ समिति अध्यक्ष गीता श्रेष्ठले बताइन्।

क्याम्पस प्रमुख उमेश चौरसियाले त्रिवि कर्मचारी संघका अध्यक्ष किशोरी चौधरीसँग मिलोमतो गरी चौधरीकै पत्नी श्रीगणेशमाया शाहीलाई क्याम्पसको पुस्तकालयको कर्मचारीमा नियुक्त गरेको कर्मचारीहरूको आरोप छ।

क्याम्पसमा विगत १४ वर्षदेखि १० जना कर्मचारीहरू अति न्यून तलबमा काम गर्दै आइरहेको भए पनि नयाँ कर्मचारी नियुक्तिमा उनीहरूलाई प्राथमिकता नदिइ कर्मचारी संघका अध्यक्षकै पत्निलाई आफुखुशी क्याम्पस प्रमुखले नियुक्त गरेकाले त्यसको विरोधमा उत्रिएको उनीहरूको भनाइ छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.